गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ टुटेका सपनासँगै दोहाबाट १५८ जना नेपाली लिएर हिमालयन एयरलाइन्स उड्यो (फोटोफिचर) टुटेका सपनासँगै दोहाबाट १५८ जना नेपाली लिएर हिमालयन एयरलाइन्स उड्यो (फोटोफिचर) गए राति कतारबाट २ बच्चा, ३ जना गर्भवती/सुत्केरी सहित १० जना महिला र १४६ पुरुष सहित १५८ जनाले उडान भरेको नेपाली राजदूतावासकी द्वित्तिय सचिव रिचा भट्टराईले जानकारी दिइन् । तिलु शर्मा पौडेल असार ११, २०७७ गते २३:०६ मा प्रकाशित दोहा – कोभिड १९ का कारण विदेशमा अलपत्र परेका आफ्ना नागरिकहरूको उद्धार उडान गर्ने नेपाल सरकारको निर्णय बमोजिम हिमालयन एयरलाइन्सले कतारबाट तेस्रो उद्धार उडान गरेको छ । गए राति कतारबाट २ बच्चा, ३ जना गर्भवती/सुत्केरी सहित १० जना महिला र १४६ पुरुष सहित १५८ जनाले उडान भरेको नेपाली राजदूतावासकी द्वित्तिय सचिव रिचा भट्टराईले जानकारी दिइन् ।असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरूले राजदूतावासको अनुरोधमा फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराई प्राथमिकताको सूचिमा परेकाहरू उडेका हुन् ।उक्त उडानमा १५ वर्ष देखि कतारमा कार्यरत धनुषाका रमदुल्ला राउत पनि उडेका छन् । कतार बसाईलाई टुङ्गाएर नेपाल जाने तयारीमा रहेका राउत अचानक प्यारालाइसिसका कारण शरीरको दाहिने भागले काम नगरे पछि ह्विल चियरबाटै राजदूतावास र कतारको कम्पनिलाई धन्यवाद दिँदै बिदा भए । कतार आएको ६ महिनामै स्काफोल्डिङबाट झरेर घाइते भएका नवलपुरका टंक बहादुर पुन जीवनका बाँकी सपना बैसाखीको सहारामा पूरा गर्ने अठोटका साथ कतारमा देखेका सपनालाई तिलाञ्जली दिँदै झितिजबाट विलीन भए ।उक्त उडानका यात्रीहरूलाई बिदाइ तथा शुभ यात्राको कामना गर्न राजदूतावासका तर्फबाट भट्टराईका अलवा तृतीय सचिव जिना अधिकारी, गैरआवासीय नेपाली सङ्घ आइसिसी सदस्य रमेश भट्ट, सङ्घ कतारका अध्यक्ष मोहम्मद मुक्तदा, उपाध्यक्ष उत्तम गुरुङ, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल लगायतकाहरु एयरपोर्ट पुगेका थिए।यस अघि कतार एयरलाइन्समार्फत ४३ जना आममाफी पाएका र २० नेपालीको शव गई सकेका छन् । पहिलो उद्धार उडान मार्फत १४९ र दोस्रो उडान मार्फत १४५ जना स्वदेश फर्की सकेका छन् । नेपाल एयरलाइन्सले आफ्नो दोस्रो उडान कतारबाट २७ जुनमा गर्ने तय भएको नियोगले जनाएको छ भने हिमालयन एयरलाइन्सको तेस्रो उडान तालिका छिट्टै सार्वजनिक गरिने भएको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा