गृहपृष्ठ ∕ समाचार ∕ बेलायतबाट कोरोनाका कारण रोकिएका नेपाली दोश्रो चरणमा ८३ जना स्वदेश फर्किए बेलायतबाट कोरोनाका कारण रोकिएका नेपाली दोश्रो चरणमा ८३ जना स्वदेश फर्किए दीप संञ्चार असार १२, २०७७ गते २२:२१ मा प्रकाशित लण्डन – विभिन्न कारणले बेलायतमा आएर कोरोना संक्रमणका कारण रोकिएका नेपालीहरु आज दोस्रोपटक चार्टर फ्लाइटबाट नेपालका लागि उडेका छन् । विगत ४ महिनादेखि लकडाउनका कारण बेलायतमा रोकिएर बसेका करिब ८३ जना नेपालीहरु बेलायतको ग्याटवीक एअरपोर्टबाट शुक्रबार दिउँसो नेपालका लागि उडेका हुन् ।नेपाली राजदूतावास लन्डन र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा जजिरा एयरलाइन्सको उडानबाट प्राथमिकताका आधारमा यसअघि पनि १ सय ४६ जना नेपालीहरुलाई स्वदेश फ़र्काइसकिएको छ ।करिब ५ सय जना नेपालीहरुले स्वदेश फर्किन आवेदन दिएको भएपनि प्लेन भाडा महँगो भएका कारण धेरैले मनस्थिति परिवर्तन गरेको गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले जानकारी दिइन् । नेपाल फर्कनेहरुको विदाइका लागि लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरन, तृतिय सचिव तेजेन्द्र रेग्मी, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई, सचिव जीत रानाभाट, जजिरा एयरवेजका लागि नेपाल एजेन्टका बेलायत प्रतिनिधी जीवन सेन लगायत बेलायतस्थित सामाजिक संघसंस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए ।दुईवटा फ्लाइटबाट २ सय २९ जना नेपालीलाई नेपाल पठाउन सफल भएकोमा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनले खुसी व्यक्त गरेका छन् ।उनीहरु शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।भिसा अवधि सकिएका, नेपालमा बाबुआमाको मृत्यु भएर काजक्रिया गर्न जान नपाएका, पढाइ सकिएका वा बीचमा छोडेरै जान लागेका विद्यार्थी, तालिमलाई आएका कर्मचारी र सेनाका अधिकृत, जाँच दिन आएका डाक्टर, महामारीका बेला रोजगारी गुमाएका कामदार तथा बेलायतमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरुले नपाल फर्किनेको सूचीमा नाम दर्ता गराएका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन