गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ अन्तराष्ट्रिय उडान खुल्ला गर्न नेपाली समाज यूएईले दूतावास मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझायो अन्तराष्ट्रिय उडान खुल्ला गर्न नेपाली समाज यूएईले दूतावास मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझायो सुर्य बहादुर खवास असार १७, २०७७ गते २१:३० मा प्रकाशित यूएई – काेराेना भाईरस माहामारी सँगसँगै विभिन्न कारणले विदेशमा अलपत्र परेका नेपालीहरूका लागि संचालन गरेको चार्टड उडानहरू पर्याप्त नभएकाे भन्दै अन्तराष्ट्रिय उडानहरू खुल्ला गर्न नेपाली समाज युएईले युएईका लागि नेपाली दूतावास मार्फत हिजो सोमबार नेपाल सरकारको ध्यानाकर्षण गराउदै अन्तरास्ट्रिय उडान खुल्ला गर्न अनुरोध पत्र बुझाएको छ ।नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल तथा महासचिव वेद प्रसाद अर्याल द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा हाल यूएईमा २ लाख ७५ हजारकाे हाराहारीमा नेपालीहरू रहेकाे भनिएपनि पर्यटक लगायतका भिसामा आएका करिव ४ लाख जति नेपाली यूएईमा रहेकाे पत्रमा उल्लेख गरिएको छ ।वैदेशिक रोजगार, व्यवसाय तथा अध्ययनका शिलशिलामा वार्षिक रुपमा करिब १ लाख २५ हजार नेपाली युएई आउन गरेको देखिन्छ । यसैगरी समग्रमा हेर्दा वैदेशिक रोजगारिमा आउने अधिकांश नेपालिहरुको बसाईको अनुपात र कम्पनीको करार अवधी २ वर्षको हुने हुँदा उल्लेख गरिएको तथ्यांकलाई हेर्दा करिब १५ हजार नेपालीहरु मासिक रुपमा आफ्नो करार अवधी सकाएर स्वदेस फर्कने पत्रमा उल्लेख गरिएको छ ।कोभिड १९ को कारणले युएईमा रोजागर गुमाउने नेपालिहरुको संख्या दिन प्रतिदिन बढदै गएको छ । तसर्थ अहिलेको अवस्थामा सरकार द्वारा निर्धारण गरिएका चार्टर उडान प्रयाप्त नभएको र तोकिएका चार्टर उडानले स्वदेश फर्कनेहरुको दीर्घकालीन समाधान नहुने भएको हुँदा व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुल्ला गरि सहज रुपमा स्वदेश फर्कने वातावरण बनाउन सरकार सँग अनुरोध गरिएको छ ।नेपाली समाज युएई सन १९९० देखि निरन्तर रुपमा नेपालिहरुको हक हितमा कार्य गर्दै आएको संस्था हो । हाल यो संस्थामा युएईमा कृयाशिल ४४ वटा संस्था आवद्ध रहेका छन । क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमादुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न