गृहपृष्ठ ∕ समाचार ∕ नेपाल एयरलाइन्सका थप २ कर्मचारीमा कोरोना पुष्टि नेपाल एयरलाइन्सका थप २ कर्मचारीमा कोरोना पुष्टि दीप संञ्चार असार २३, २०७७ गते २१:२७ मा प्रकाशित काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का तीन पाइलटसहित नौ उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका नौ सदस्यको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।सोमबार सात जनामा कोभिड सङ्क्रमण देखिएको थियो । चालक दलका अन्य सात जनाको पिसिआर परीक्षण गर्दा थप दुई जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनले उल्लेख गरिन् । निगमका उडान कर्मचारी उद्धार उडानका क्रममा सोल्टी होटलमा क्वारेन्टिनमा बसेका थिए ।निगमले अत्यावश्यक स्वास्थ्य सामग्री तथा स्वास्थ्य मापदण्डमा रहेर उडान सञ्चालन गरिरहेको थियो । निर्धारित उडान सकेर क्वारेन्टिनबाट घर पठाउने क्रममा पिसिआर परीक्षण गर्दा पाइलटसहित चालक दलका सदस्यलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । निगम व्यवस्थापनले थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडान यथावत् सञ्चालन हुने पनि जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न