गृहपृष्ठ ∕ समाचार ∕ मिचेल एन्टोनियो एक्लैले गरे ४ गोल, नर्विच रेलिगेसनमा मिचेल एन्टोनियो एक्लैले गरे ४ गोल, नर्विच रेलिगेसनमा एजेन्सी असार २७, २०७७ गते २०:२४ मा प्रकाशित काठमाडौं – मिचेल एन्टोनियो एक्लैले चार गोल गरेपछि वेष्टह्यामले प्रिमियर लिगमा नर्विच सिटीलाई ४-० ले पराजित गरेको छ । महत्वपूर्ण जितपछि वेष्टह्याम रेलिगेसन क्षेत्रबाट ६ अंक सुरक्षित बन्दा नर्विच सिटी यस सिजन रेलिगेसनमा पर्ने पहिलो टिम बनेको छ ।नर्विचको मैदानमा भएको खेलमा एन्टोनियोले दुवै हाफमा दुई-दुई गोल गरे ।११औं मिनेटमा पहिलो गोल गरेका उनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अग्रता दोब्बर पारे ।५४औं मिनेटमा तेस्रो गोल गर्दै प्रिमियर लिगमा आफ्नो पहिलो ह्याट्रिक पूरा गरेका एन्टोनियोले ७४औ मिनेटमा चौथो गोल गरे । एन्टोनियो अवे मैदानमा ह्याट्रिक गर्ने वेष्टह्यामका दवस्रो खेलाडी बनेका छन् र २००१ पछि पहिलो हुन् ।सन् २००१ मा वेष्टह्यामका पाउल किस्टोनले चार्ल्टन एथ्लेटिक विरुद्ध ह्याट्रिक गरेका थिए ।जितपछि ३५ खेलबाट ३४ अंक जोड्दै वेष्टह्याम १५औं स्थानमा उक्लेको छ । वाटफोर्ड समान अंक भएपनि वेष्टह्याम गोलअन्तरका कारण अगाडि छ ।३५ खेलबाट २१ अंक मात्र रहेको नर्विच भने तीन खेल अगावै रेलिगेसनमा पर्ने पक्का भएको छ । नर्विचले अब बाँकी ३ खेल नै जितेपनि अन्तिम तीन स्थानबाट माथि उक्लन सक्ने छैन । नर्विच अघि रहेका बर्नमाउथ २८ अंकसहित १८औं र २७ अंक रहेको एस्टनभिल्ला १९औं स्थानमा छ ।अर्को खेलमा वाटफोर्डले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै न्यूकासल युनाइटेडलाई २-१ ले पराजित गरेको छ । वाटफोर्डका लागि दुवै गोल ट्रो डिनेले पेनाल्टीमा गरे।त्यसअघि ड्वाइट गेलले गोल गर्दै न्यूकासललाई अग्रता दिलाएपनि कायम राख्न सकेन ।वाटफोर्ड ३५ खेलबाट ३४ अंक जोड्दै १६औं स्थानमा छ । न्यूकासल भने ३५ खेलबाट ४३ अंकसहित १३औं स्थानमा छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा