गृहपृष्ठ ∕ समाचार ∕ नगरपालिकाले गर्यो ९ जना किसानलाई सम्मान नगरपालिकाले गर्यो ९ जना किसानलाई सम्मान प्रिया स्मृती गजमेर असार २९, २०७७ गते २०:५० मा प्रकाशित दाङ – लमही नगरपालिकाले नगर भित्रका ९ जना किसानलाई सम्मान गरेको छ । उत्कृष्ट व्यवसायी पशुपंछी पालक किसानलाई सम्मान गरिएको लमही नगरपालिका पशु उप-शाखाका प्रमुख शिबराज न्यौपानेले जानकारी दिए ।उत्कृष्ट किसानलाई उर्जा, उत्प्रेणा र छिमेकीहरुले कृषि पेशा अझै गरु-गरु भन्ने भावना जगाउनको लागि मात्रै नभई लमही नगरपालिकालाई समृद्ध बनाउको लागि यस अभियानमा लागेको नगरप्रमुख के.सी.ले बताए । यस्तै कार्यक्रममा उप-प्रमुख देबका बेल्वासेले आगामी दिनहरुमा कृषि पेशालाई प्रभावकारी बनाउनको लागि किसानहरुलाई हौसला प्रदान गर्ने उदेश्यले उत्कृष्ट व्यवसायी पशुपंछी पालक किसानलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको बताईन ।कार्यक्रममा स्वर्गद्वारी एकीकृत कृषि तथा पशुपालन फार्मका धनश्याम सुवेदी, रेडियो हाइवेका प्रबन्धक निर्देशक केपि घिमिरे लगायतले मन्तब्य राखेका थिए । लमही नगरपालिकाका प्रबक्ता बिम बहादुर के.सी.को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण लमही नगरपालिका पशु उप-शाखाका प्रमुख शिवराज न्यौपानेले गरेका थिए ।नगरपालिका भित्र रहेर ब्यवसाय गरिरहेका स्वर्गद्वारी एकीकृत कृषि तथा पशुपालन फार्म, ओम पोल्टी फार्म, पुन बंगुर फार्म, प्रभास कृषि तथा पशुपंछी फार्म, केदार बाबा कृषि बाख्रा फार्म, किसान पशुपंछी फार्म, बुद्व बहुउद्देश्यीय गाई फार्म, कमला पशुपंछी फार्म, किसान जंग्गु चौधरीलाई सम्मान तथा पुरस्कृत गरेको हो ।सम्मानित व्यक्तीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित पानस प्रदान गरिएको थियो । कार्यक्रम लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको अध्यक्षतामा भएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा