गृहपृष्ठ ∕ समाचार ∕ सुर्खेतको थुनुवामा कोरोना पुष्टि भएपछि हिरासत ‘सील’ सुर्खेतको थुनुवामा कोरोना पुष्टि भएपछि हिरासत ‘सील’ रासस असार २९, २०७७ गते २१:३७ मा प्रकाशित सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवाका कोरोना सङ्क्रमण पुष्टि भएपछि हिरासत ‘सील’ गरिएको छ । बलात्कारको अभियोगमा पक्राउ परी हिरासतमा राखिएका एक व्यक्तिमा कोरोना देखिएपछि हिरासत कक्ष सील गरिएको जि.प्र.का. सुर्खेतले जनाएको छ ।वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको आरोपमा यही असार १४ गते पक्राउ परेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए । “हिरासतमा राखिएका थुनुवाहरुको अनिवार्य पीसीआर गर्ने अदालतको आदेशानुसार यही असार २० गते परीक्षणका लागि उनको स्वाब सङ्कलन गरिएको थियो,” प्रहरी नायब उपरीक्षक घर्तीले भने, “तर ती युवकमा कोरोना सङ्क्रमण पुष्टि भयो । यो सूचना पाउनेबित्तिकै हिरासत कक्ष सील गरेका छौँ ।”उहाँका अनुसार ती युवकसहित छ जनाको परीक्षण गरिएको थियो र कोरोना पुष्टि भएपश्चात् युवकलाई स्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा आइसोलेशनमा राखिएको छ ।उनको सम्पर्कमा रहेका आफन्त र प्रहरीसहित २२ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रदेश अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा