गृहपृष्ठ ∕ समाचार ∕ नेपाली व्यवसायी संघ द्वारा स्वदेश फिर्ताहुने पीडित नेपालीलाई हवाई टिकट सहयोग गर्ने नेपाली व्यवसायी संघ द्वारा स्वदेश फिर्ताहुने पीडित नेपालीलाई हवाई टिकट सहयोग गर्ने दीप संञ्चार साउन २, २०७७ गते २:२० मा प्रकाशित दोहा – कोरोना कहर र यसबाट प्रभावित भई समस्यामा परेका नेपालीहरूलाई उद्धार गर्न कतार स्थित नेपाली व्यवसायी संघ कतारले स्वदेश फिर्तीको लागि २० वटा हवाई टिकट कतार स्थित राजदूतावासको रोहवरमा उपलब्ध गराउने भएको छ।रोजगार गुमाई विषम परिस्थितिमा शृजना भएका, उच्च मानशिक तनाव व्यहोर्नु परेका, कोभिड १९ बाहेक अन्य विरामी भएका तर हवाई उडानको लागि अनुमति पाएका (फिट टू फ्लाईट) तर हवाई टिकट व्यवस्था गर्न नसक्ने वास्तविक पिडित छानविन गरि कतार स्थित नेपाली नियोगले प्रमाणित गरेको कामदारलाई मात्र उक्त टिकट उपलब्ध गराउने संघका अध्यक्ष महेन्द्र चौलागाईंले बताएका छन्।कतारमा रहेका वास्तविक पीडितहरूले दूतावासमा सम्पर्क(ईमेल, फोन वा ह्वाट्सएप मार्फत) गरी निवेदन पेश गर्नु पर्ने र उक्त निवेदनका आधारमा एक विशेष समितिले छानविन गर्ने चौलागाईंले बताए। दीप संचार मिडिया संग कुरा गर्दै चौलागाईंले भने, “हामी सबैले आ-आफ्नो क्षेत्रबाट उद्धारको लागि प्रयास गर्न जरूरी छ। वास्तविक पिडितलाई उद्धार गर्ने कुनै सरकारी योजना देखिएको छैन तर हामीले नियोगलाई पनि केहि टिकट उपलब्ध गराउँन अनुरोध गरेका छौं ।”उनले थपे, “हामीले उपलब्ध गराउँने टिकट वास्तविक पिडितले पायो वा पाएन भन्ने मूल्यांकन गरेर मात्र टिकट जारी गर्नेछौं। हामीले संस्थागत पत्र दूतावासलाई उपलब्ध गराई २० जनाको लागि टिकट हामीले जारी गर्ने जानकारी गरिसकेका छौं।”कतार बाट अहिले सम्म २४ सय नेपाली स्वदेश फिर्ता भई सकेका छन् भने अझै फिर्ता हुने क्रम जारी नै छ। नेपाल सरकारले वास्तविक पिडितको लागि कुनै योजना ल्याउन सकेको छैन भने टिकट काट्न सक्नेहरूलाई समेत समयमा उद्धार गर्न सकेको छैन।नेपालीहरूको व्यवसायलाई प्रवर्धन गर्ने, अनुशासित र मर्यादित गर्ने तथा नेपाली व्यवसायीहरूलाई एकताको सुत्रमा बाँध्ने उदेश्यले शुरु भएको संघले विगत ३ वर्ष देखि सामाजिक कार्यमा निकै सक्रियता देखाउँदै आएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा