गृहपृष्ठ ∕ समाचार ∕ प्रेमिका भेट्न गएका प्रहरी जवानको हत्या : तीन आरोपित पक्राउ प्रेमिका भेट्न गएका प्रहरी जवानको हत्या : तीन आरोपित पक्राउ जीएनएन साउन ८, २०७७ गते २३:०२ मा प्रकाशित सिरहा – गत असार १६ गते सिरहा नगरपालिका १४ खिरौनास्थित नहरको पानीमा एक मृत अवस्थामा फेला परे। केही घण्टापछि शवको पहिचान खुल्यो। उनी थिए, महोतरी सोनमा गाउँपालिका–३ घर भएका सशस्त्र प्रहरी जवान मनोहरकुमार यादव। उनी सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत थिए।मृतक यादव घटना हुने राति सिरहा नगरपालिका–३ मखनाहाका बिन्दी यादवको छोरीको विवाह पुगेका थिए। त्यही विवाहमा उनकी प्रेमिका पनि आएकी थिइन्। प्रेमिकालाई भेट्न त्यस विवाहमा उनी पुगेको प्रहरी स्रोत जनाएको छ। गाउँको केटी र सशस्त्र प्रहरी जवानको प्रेम सम्बन्ध बारे गाउँका केटाले थाहा पाएका थिए।जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी विनोद घिमिरेका अनुसार विवाहमा समान्य विवाद भयो। स्थानीयले सशस्त्र प्रहरी जवानलाई चोर-चोर भनेर लखेटे। गाउँदेखि ३ किलोमिटरसम्म लखेटेर नहरको पानी डुबाई कर्तव्य गरी मारेको खुल्न आएको डिएसपी घिमिरेले बताए।यो घटनामा हालसम्म अनुसन्धान गर्दा हत्या आरोपमा सिरहा नगरपालिका–३ का २५ वर्षीय जयकेशकुमार यादव, २० वर्षीय मंगला भन्ने दिपेशकुमार यादव, २२ वर्षीय बुलना भन्ने मुकेशकुमार यादव पक्राउ परेको डिएसपी घिमिरेले जानकारी दिए।प्रहरीले तीनै जनालाई मंगलबार पक्राउ गरेका थिए। बुधबार जिल्ला अदालतमा अनुसन्धानका लागि ७ दिनको म्याद भएको छ। बिहीबार सार्वजनिक गरेका छन्। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी घिमिरेले सुनाए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न