गृहपृष्ठ ∕ समाचार ∕ महाबौद्धका दुई जना व्यवसायीमा कोरोना संक्रमण देखिएपछि महाबौद्धका दुई जना व्यवसायीमा कोरोना संक्रमण देखिएपछि जीएनएन साउन १२, २०७७ गते २२:४७ मा प्रकाशित काठमाडौं – काठमाडौं महानगरपालिका-२७ महाबौद्धका दुई जना व्यवसायीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।दुई व्यवसायीमा संक्रमण देखिएपछि सोमबार वडाले सूचना जारी गरी उनीसँग सम्पर्कमा आएकाहरूले स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ।संक्रमितहरू भारत घर भई हाल गोसिफलमा डेरा गरी बस्ने र गणेश मन्दिर नजिकै पसल गरी बस्ने धिरज शाह र रन्जु शाह छन्।व्यवसायीमा संक्रमण देखिएपछि अहिले सो क्षेत्रका पसल बन्द गरिएका छन्।वडाले गणेश मन्दिरदेखि महाबौद्ध स्तुपा सम्मको व्यवसायीको पिसिआर रिपोर्ट नआएसम्म सुरक्षा उपाय अपनाउन समेत अनुरोध गरेको छ।संक्रमितसँग सम्पर्कमा आएकाहरूको स्वाब मंगलबार संकलन गरिने वडा कार्यालयले जनाएको छ।‘भोलि हाम्रो वडा कार्यालयमा सम्पर्कमा आएकाहरूको स्वाब संकलन गर्नेछौं,’ वडाध्यक्ष चिनियामान बज्राचार्यले सेतोपाटीसँग भने,’अहिलेसम्म ७० जनाले नाम टिपाइसकेका छन्। २०० जना सम्मको परीक्षण गराउने लक्ष्य राखेका छौं।’संक्रमितहरूलाई टेकु अस्पतालमा राखिएको वडाध्यक्ष चिनियामान बज्राचार्यले जानकारी दिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न