गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली ब्याडिन्टन खेलाडी सानिया चन्दलाई एयर ब्याडमिन्टन प्रतियोगितामा स्वर्ण पदक नेपाली ब्याडिन्टन खेलाडी सानिया चन्दलाई एयर ब्याडमिन्टन प्रतियोगितामा स्वर्ण पदक सुर्य बहादुर खवास साउन १६, २०७७ गते २१:५९ मा प्रकाशित युएई – युएईमा जारी “प्रथम खुल्ला एयर ब्याडमिन्टन प्रतियोगिता २०२०” मा सानिया चन्दले महिला एकल तर्फ स्वर्ण पदक जितेकी छन । गत २४ जुलाईबाट शुरु भएको “प्रथम खुल्ला एयर ब्याडमिन्टन प्रतियोगिता २०२०” मा सानियालाई यो सफलता मिलेको हो ।बिहीबार राति काइट बिच दुवईमा भएको फाइनल खेलमा सानियाले आफ्नो प्रतिद्वन्द्वी भारतीय खेलाडी सन्धरा सतिसन् लाई ७-१५, १५-११, र १५-८ को सेट मा सहज जित निकाल्न सफल भएकी थिईन ।सानिया दुवई स्पोर्ट्स काउन्सिलद्वारा आयोजित एयर ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि जित्ने पहिलो नेपाली खेलाडी समेत बनेकी छिन् । मिक्स डबल्र्समा समेत फाइनलमा प्रवेश गरेको तर अस्वस्थका कारण उपाधि गुमाउने हो कि भन्ने चिन्ता रहेको उनका प्रशिक्षक तथा उनकै काका हिक्मत चन्दले जानकारी गराए । प्रतियोगितमा पुरुष एकल, पुरुष डबल्र्स, महिला एकल र मिक्स डबल्र्सका खेलहरु समावेश गरिएको थियो ।कञ्चनपुर महेन्द्रनगर स्थाई बसोबास भएकि सानिया पछिल्लो समय परिवार सँगै युएईमा बस्तै आएकी छन ।गत वर्ष आयोजना भएको दुवई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा सानियाले नेपाली युवा स्टार प्रिन्स दाहालसँग मिलेर मिक्स डबल्समा प्रतिस्पर्धा गर्दै कास्य पदक जितेकी थिइन् ।विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले २०१९ बाट एयर ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न थालेको हो भने युएईमा पहिलोपटक भएको हो । खुल्ला ठाउमा खेलिने यो खेल नेपालमा भने भित्रिसकेको छैन ।यस प्रतियोगितामा नेपाली ब्याडमिन्टन अम्पायर ज्ञानु बरालले अम्पायरिङ गरेकी थिइन् ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा