गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सामाग्री बोकेर दाङ्ग आई पुगे स्वर्गीय नेता खड्काका छोरा अनुराग स्वास्थ्य सामाग्री बोकेर दाङ्ग आई पुगे स्वर्गीय नेता खड्काका छोरा अनुराग प्रिया स्मृती गजमेर साउन १८, २०७७ गते १९:१७ मा प्रकाशित दाङ – नेपाली कांग्रेसका नेता तथा पूर्व मंत्री स्वर्गीय खुम बहादुर खड्काका सुपुत्र अनुराग खड्काले स्वास्थ्य सामाग्री लिएर दाङ आईपुगेका छन् । देशैभर कोरोनाले आम जनमानसमा सन्त्रास फैलाईरहेका बेला उक्त महामारीबाट जनतालाई सुरक्षित राख्नका लागि ति सामाग्री लिएर काठमाण्डौ देखि आफ्नो गृह जिल्ला दाङ आएको अनुरागले बताए ।स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई बाडिने भएको छ । फ्रन्टलईनामा रहेर जनताको सेवाका लागि खटिने भएकोले ति स्वास्थ्य सामाग्री सबै भन्दा पहिले उनीहरुलाई बाडिने भएको हो । अन्य समुदाय स्तरमा बस्नेलाई सुरक्षित रहन पनि अनुरागले आग्रह गरेका छन् ।अनुरागले एक हजार आठ सय पिस स्यानिटाइजर, एक हजार एक सय थान सर्जिकल मास्क, विश्व स्वास्थ्य सङठनद्वारा मान्यता प्राप्त लायन्स क्लबको लोगो भएको २८ थान पिपि ( सम्भु प्रसाद घिमिरे द्वारा सहयोग ) हात धुने साबुन ९ सय पिस, फेस सिल १ सय पिस ज्वरो नाप्ने थर्मल गन २१ पिस साथमा लिएर आएका छन् । थर्मल गण र पीपी सेट मानिसको अत्याधिक भिडभाड हुने वडा कार्यालय, स्वास्थ्य कार्यालयमा प्रदान गरिने भएको छ ।नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पत्नी आरजु राणा देउवा, नेपाली कांग्रेसका नेता तथा पूर्व मंत्री एन पि साउदकी श्रीमती जोत्सना साउद र नेपाली कांग्रेसका नेता तथा पूर्व संचारमन्त्री मोहन बहादुर बस्नेत लगायतको सहयोगमा ति स्वास्थ्य सामाग्री उपलब्ध भएको स्वर्गीय नेता खड्काका सुपुत्र अनुरागले बताए ।केहि समय अघि नै दाङ्ग आउने मनसाय भएपनि लक्डाउनका कारण आउन नसकेको बताउदै अनुरागले जिल्लावासीको सहयोगका लागि सधै तत्पर भएको बताए । बुवाको निधन भए पनि उहाँले देखाएको र सिकाएको पथलाई आत्मसाथ गर्दै अघि बढ्नेछु अनुरागले भने । हिमाल पहाड तराई कोइ छैन पराई भन्ने भनाईलाई पछ्याउदै सबै जनता आफ्नो लागि अत्यन्तै आवश्यक भएको उनको भनाई छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा