गृहपृष्ठ ∕ समाचार ∕ एसिड पीडित भन्छन् : आक्रमणकारीलाई जन्म कैद नै हुनुपर्छ एसिड पीडित भन्छन् : आक्रमणकारीलाई जन्म कैद नै हुनुपर्छ जीएनएन साउन १९, २०७७ गते १९:५२ मा प्रकाशित काठमाडौं – तेजाब (एसिड) पीडितहरुले आक्रमण गर्ने व्यक्तिलाई जन्मकैदको माग गरेका छन् ।प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा उनीहरुले कमजोर दण्ड सजायका कारण एसिड प्रहार गर्ने घटनाहरु बढिरहेको बताए ।एसिड आक्रमणबाट पीडित जेनी खडकाले कानूनमा दण्ड सजायको व्यवस्था कम हुँदा एसिड अक्रमणको घटना नरोकिएको बताइन्। ‘कानून अनुसार ५ वर्षदेखि ८ वर्ष सम्मको सजाय अनुहार नै कुरुप भएकाहरुलाई छ।के अरु शरिरको कुनै अर्थ नै छैन’, समितिमा जेनीले भनिन्, ‘मेरो त हातभरी छ, घाँटीभरी छ, अनुहार त मेरो बचेको छ त्यो मेरो भाग्यले बचेको हो । जहाँ परेपनि आखिर पीडा त उस्तै नै हो ।’उनले क्षतिपूर्ति भन्दा पनि उपचारको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताइन्।एसिड आक्रमणबाट पीडित भएकी मुस्कान खातुनले एसिड प्रहार गर्ने अपराधीलाई जन्म कैद हुनुपर्ने माग गरिन्।८ वर्ष सम्म कैद सजाय हुने भएपनि अपराधीले विभिन्न कारणले चार वर्ष मै उन्मुक्ति पाउने भएकाले सजाय कम भएको उनको तर्क थियो। ‘हाम्रो यो दाग कहिले पनि जाँदैन । यो दाग हाम्रो जीवन भरिका लागि नै बस्छ’, मुस्कानले भनिन्, ‘त्यसैले अपराधिलाई जन्म कैद नै हुनुपर्छ ।’एसिड आक्रमणबाट पीडित संगीता मगरले पनि सजाय कम हुँदा प्रतिशोध लिने बढेको बताइन् ।समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्ड सजाय बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले कानूनलाई समय सापेक्ष परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।त्यस्तै समन्वयका लागि महिला बालबालिका मन्त्रालयलाई निर्देशन गरेको छ। साथै समितिले एसिड सर्वसुलभ उपलब्ध हुने अवस्था भएकाले प्रतिशोधको हतियार बनेको उल्लेख गर्दै कडाई गर्न निर्देशन दिएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा