गृहपृष्ठ ∕ समाचार ∕ बाँकेमा ७ कैदी र ६ प्रहरीमा कोरोना पुष्टि भएसंगै लम्बियो निषेधाज्ञा बाँकेमा ७ कैदी र ६ प्रहरीमा कोरोना पुष्टि भएसंगै लम्बियो निषेधाज्ञा दीप संञ्चार साउन २०, २०७७ गते २२:०० मा प्रकाशित बाँके – बाँकेमा थप ७ जना कैदी र ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।मंगलबार जिल्ला कारागार बाँकेका ७ जना कैदी–बन्दीमा कोरोना संक्रमण फेला परेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।बाँके कारागारमा झन्डै ८ सयको हाराहारीमा कैदी बन्दी रहेको प्रजिअ कुरुम्वाङले बताए। ‘कारागार भित्रका अरु कैदी बन्दीलाई पनि कोरोना फैलिएको आशंका गर्ने आधारहरु देखिएका छन्,’ कुरुम्वाङले भने ‘ कारागारभित्रका सबै ८ सयको पिसिआर परीक्षण गरिने छ।’उनले वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेमा ६ जना प्रहरीलाई समेत कोरोना संक्रमण देखिएको जानकारी दिए।सात जना प्रहरीको पिसिआर विधिबाट परीक्षण गर्दा ६ जनाको रिपोट पोजेटिभ आएकोले सावधानी अपनाइएको प्रजिअ कुरुम्वाङले बताए। वडा प्रहरी कार्यालयका ६ प्रहरी कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि वडा कार्यालयको आवात–जावत बन्द गरिएको छ ।४ दिन लम्ब्याइयो निषेधाज्ञाबाँकेमा जारी निषेधाज्ञा थप गरिएको छ। जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले आगामी शनिबार मध्य रातिसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रजिअ कुरुम्वाङले बताए।यसअघि समुदायमा कोरोना संक्रमन फैलिएको पुष्टि भएपछि साउन १५ गतेको बैठकले आइतबारदेखि मंगलबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न