गृहपृष्ठ ∕ समाचार ∕ २०२१ मा भारत र २०२२ मा अस्ट्रेलियामा टी-२० विश्वकप २०२१ मा भारत र २०२२ मा अस्ट्रेलियामा टी-२० विश्वकप एजेन्सी साउन २३, २०७७ गते २२:१३ मा प्रकाशित भारत – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२१ को टी-२० विश्वकप भारतमा गर्ने निर्णय गरेको छ।आइसिसीको बोर्ड बैठकले शुक्रबार एक वर्षपछि भारतमा विश्वकप गर्ने निर्णय गरेको हो।यस्तै २०२२ को टी-२० विश्वकप अस्ट्रेलियामा हुनेछ।आइसिसीले न्युजिल्यान्डमा सन् २०२१ हुने तय महिला विश्वकप २०२२ सम्मका लागि सारेको छ।यसअघि आइसिसीले साउन पहिलो साता सन् २०२० मा तय पुरुष टी-२० विश्वकप स्थगित गर्ने निर्णय गरेको थियो। कोरोना भाइरस कारण स्थगित टी-२० विश्वकप आगामी अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा हुने तय थियो।आइसिसीले २०२० मा टी-२० विश्वकप स्थगित गर्ने निर्णय गर्दै सन् २०२१ को अक्टोबर-नोभेम्बरमा गर्ने बताएको थियो। यस्तै २०२१ को विश्वकप सारेर २०२२ को अक्टोबर-नोभेम्बरमा अर्को टी-२० विश्वकप गर्ने निर्णय गरिए पनि भेन्यू तय भएको थिएन।सन् २०२३ को एकदिवसीय विश्वकप भारतमा हुने तय भएकाले आइसिसीले एक वर्ष ग्याप राख्दै २०२१ को विश्वकप भारतमा गर्ने निर्णय गरेको हो।अब २०२१ मा भारत हुने विश्वकपमा २०२० मा छनोट भएका टिमले खेल्नेछन्। २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपका लागि नयाँ छनोट गरिनेछ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न