गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ बारेकोटका पहिरो पीडितलाई अमेरिका स्थित नेपालीहरुको संस्था नासो कम्युनिटीबाट सहयोग बारेकोटका पहिरो पीडितलाई अमेरिका स्थित नेपालीहरुको संस्था नासो कम्युनिटीबाट सहयोग जीएनएन साउन २५, २०७७ गते १९:१८ मा प्रकाशित अमेरिका – गत असार २५ गतेको अविरल वर्षातका कारण पहिरोले घर नै पुरेपछि आफन्त गुमाएका बारेकोट गाउँपालिका –४ सार्की टोलका २ परिवारलाई अमेरिका स्थित नेपालीहरुको संस्था नासो कम्युनिटीले आर्थिक सहयोग गरेको छ । परिवारका सदस्य गुमाउनुका साथै घरबास नै नभएर विपत्तीमा परेका किशन सार्की र तुल बहादुर सार्कीका परिवारलाई प्रति परिवार ५५ हजार सात सय ७८ रुपियाँका दरले कूल एक लाख ११ हजार पाँच सय ५६ रुपैयाँ सहयोग गरिएको हो ।नासो कम्युनिटीका सल्लाहकार प्रकाश नेपाल लगायतको टोलीले पठाएको उक्त रकम शुक्रबार बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाहले पीडितलाई हस्तान्तरण गरे । सहयोग रकम पाएपछि पीडित परिवारले राहतको महशुस गर्दै खुसी व्यक्त गरेका छन् । सहयोगका लागि गाउँपालिका अध्यक्ष शाहले नासो कम्युनिटी र सम्बद्ध सबैलाई धन्यवाद दिए ।यस्तै विपत्तीमा परेकाहरुको सहयोगका लागि आफूहरुले खाजा खर्च रकम कटाएर बचत गर्ने गरेको र सोही रकमबाट बारेकोटका पहिरो पीडितलाई सहयोग गरेको नासो कम्युनिटीका अध्यक्ष गोपाल विश्वकर्माले बताए । बाढी पहिरोमा परेर विस्थापित भएका अन्य परिवारलाई समेत सहयोग गर्ने चाहना भएपनि सीमित स्रोतले गर्दा मृतकका परिवारलाई मात्र रकम उपलब्ध गराउन सकिएको नासो कम्युनिटी अमेरिकाले जनाएको छ ।उक्त पहिरोमा परी किशन सार्कीका बुवा, बहिनी र भाइले ज्यान गुमाएका थिए भने आमाको अझै सम्म लास समेत भेट्टिएको छैन । त्यस्तै पहिरोमा परेर तुल बहादुर सार्कीको श्रीमति, २ छोरी र १ छोराले ज्यान गुमाएका थिए भने किशनको घरमा पाहुना आएका कुशे गाउँपालिका –९ चौराटा जाजरकोटका ४ जनाको समेत मृत्यु भएको थियो ।अहिले मृतकका परिवारका साथै पहिरोको जोखिममा रहेका अरु परिवारकाहरु समेत जंगलमा पाल टाँगेर बस्न बाध्य भएका छन् ।क्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा