गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाल आदिवासी जनजाति महासंघ युएईले २६ औं बिश्व आदिवासी जनजाति दिवस जुम भर्चुअल भिडियो कन्फरेन्स गरि मनायो नेपाल आदिवासी जनजाति महासंघ युएईले २६ औं बिश्व आदिवासी जनजाति दिवस जुम भर्चुअल भिडियो कन्फरेन्स गरि मनायो सुर्य बहादुर खवास साउन २५, २०७७ गते २०:४० मा प्रकाशित युएई – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईले २६ औं विश्व आदिवासी दिवस जुम भर्चुअल भिडियो कन्फरेन्स मार्फत शुभकामना आदान प्रदान गरि मनाएको छ ।विगत वर्षहरुमा आदिवासी जनजातिहरुको संस्कृति झल्कने जातिय भेषभुषा, झाँकी र विविध सांस्कृतिक कार्यक्रम सहित भब्य रुपमा मनाउदै आएको कार्यक्रम यो वर्ष भने विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण जुम भर्चुअल भिडियो कन्फरेन्स मार्फत शुभकामना आदान प्रदान गरि मनाइएको हो ।शुभकामना आदानप्रदान गर्ने क्रममा वक्ताहरुले आदिवासी जनजातिहरुको पहिचान, हक, अधिकार अझैै प्राप्त हुन नसकेका बताउदै आदिवासी जनजातिका कला, संस्कृति, परम्परागत सिप, भाषा, धर्म तथा पहिचानको संरक्षणको लागि निरन्तर लाग्नु पर्ने धारणा रोखेका थिए ।नेफिन युएईका अध्यक्ष श्री महेश मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफिन युएई संरक्षण समितिका अध्यक्ष, निवर्तमान अध्यक्ष एवं एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा, नेफिन युएई प्रशिक्षण बिभाग प्रमुख एवं पुर्व अध्यक्ष डेर राज गुरुङ, नेफिन युएई संरक्षण समितिका सदस्य एवं नेवाःपुचः युएईका प्रमुख संरक्षक तथा भुपु अध्यक्ष प्रमोद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईका वरिष्ठ उपाध्यक्ष बिजया लक्ष्मी राई, नेफिन सदस्य खोरबाबु महतो र कृष्ण चौधरीको समेत सहभागीता रहेको जुम भर्चुअल भिडियो कन्फरेन्स कार्यक्रममा महासचिव कुमार बलामीले नेफिन युएईको तर्फबाट शुभकामना व्यक्त गर्दै सहभागी सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेका थिएक्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमादुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न