गृहपृष्ठ ∕ समाचार ∕ नायिका पूजा शर्माले उजुरी हालेपछि सञ्चारकर्मी प्रकाशले मागे माफी नायिका पूजा शर्माले उजुरी हालेपछि सञ्चारकर्मी प्रकाशले मागे माफी जीएनएन साउन २७, २०७७ गते ९:१६ मा प्रकाशित काठमाडौं – एपीवान टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले नायिका पूजा शर्मासँग माफी मागेका छन् ।आफ्नो कार्यक्रम (रजतपट) को एउटा एपिसोडको शुरुवातमा बोलिएका केही शब्दहरुले चलचित्र नायिकाहरु र चलचित्र उद्योग माथि नै आघात पुगेको भन्दै उनले माफी मागेका हुन् । उनले रजतपटको एपिसोडमा नायिका पूजा शर्मालाई लक्षित गरी ‘दाह्रा भएकी महानायिका’ बनेर मानमर्दन गरेका थिए ।यस बिषयमा आफ्नो मानहानी भएको भन्दै आइतबार नायिका शर्माले चलचित्र कलाकार संघ, चलचित्र विकाश बोर्ड लगायत बिभिन्न संघ संस्थामा सुवेदी बिरुद्ध उजुरी दर्ता गराइसकेकी छिन् । उनले उजुरी गरे सँगै आइतबार साँझ सुवेदीले करीब ४ मिनेटको भिडियो निर्माण गरी माफी मागेका हुन् । उक्त भिडियो एपीवान टेलिभिजनको अफिसियल यूट्ययुव च्यानलबाट सार्वजनिक गरिएको छ ।उनले कार्यक्रममै पूजा शर्मालाई ‘दाह्रा भएकी महानायिका’ भनेर ‘घमण्डी’ अभिव्यक्ति दिएका थिए ।उनले माफी माग्दै भनेका छन्, ‘दाह्रा भएको महानायिका’ शब्द आफूले बोल्नै नहुने शब्द मुखबाट फुत्किएको बताएका छन् । अब आइन्दा यस्तो नहुने भन्दै माफी मागेका हुन् ।क्यमेरा बाहिर यस्ता शब्द मायालु र प्रिय हुने भएकाले धेरै बोलिने र प्रयोग भइरहने भएकाले आफ्नो मुख बाट कार्यक्रममा उक्त शब्द फुत्किएको दाबी गर्दै उनले भनेका छन्, ‘राष्ट्रिय टेलिभिजन मार्फत यस्तो अनर्थ शब्द उच्चारण गर्न हुँदैन थियो । यस बिषयको माफी एक पटक, सय पटक, हजार पटकभन्दा पनि चित्त बुझ्दैन भने लाख पटक माग्छु, माफी चाहान्छु ।’ सुवेदीले आफूबाट गल्ती भएको र यस विषयमा आफु चुकेको समेत स्पष्ट पारेका छन् ।आफुले भुलवस बोलको शब्दले जुन प्रतिक्रिया आएको छ, त्यसले आफुलाई बढो गम्भीर बनाएको उनको भनाइ छ ।आफ्नोगल्ती सच्याउने अवसर दिएकोमा उनले प्रतिक्रिया जनाउने सबैलाई धन्यवाद समेत दिएका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न