गृहपृष्ठ ∕ समाचार ∕ भदौ १ देखि कम्पनी रजिष्टारको सेवा अनलाइन माध्यमबाट पाइने भदौ १ देखि कम्पनी रजिष्टारको सेवा अनलाइन माध्यमबाट पाइने दीप संञ्चार साउन २८, २०७७ गते २२:२६ मा प्रकाशित काठमाडौं — कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ १ देखि अनलाइन माध्यमबाट सेवा दिने भएको छ।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कार्यालयले सबै सेवालाई अनलाइन माध्यमबाट प्रवाह गर्ने र अनलाइनबाट गरिएका रिक्वेष्टलाई वैधता दिने निर्णय गरेको छ।कार्यालयले नयाँ कम्पनी दर्ता, कम्पनीहरुको नविकरण लगायतका काम गर्दै आएको छ।नयाँ कम्पनी दर्ताको लागि कम्पनीले अनलाईन मार्फत् पेश गरेका कागजात लाई नै आधिकारिक मान्ने जानकारी दिएको छ। यसरी कम्पनी दर्ता गर्दा प्रस्तावित प्रवन्धपत्र र नियमावलीको २ प्रति बाहेक अन्य कागजी विवरण आवश्यक पर्ने छैन।यसरी दर्ता भएका कम्पनीको छुट्टै कागजी फाइल खडा नगरिने र अर्को पटक कार्यालयमा कम्पनीको सम्बन्धमा काम गर्नु पर्दा अनलाईनबाट पेश गरेका विवरण र विधुतीय अभिलेखलाई वैधता दिने भएको छ।नयाँ र पुराना कम्पनीले कम्पनी ऐन, २०६३ बमोजिम कार्यालयमा बुझाउनु पर्ने वार्षिक विवरण, लेखापरिक्षण प्रतिवेदन लगायतका सबै विवरणहरु अनलाईन मार्फत् नै बुझाउन सक्ने छन्। हार्डकपी बुझाउनुपर्ने बाध्यता हुने छैन। तर त्यसको हार्डकपी कम्पनी आफ्नै कार्यालयमा राख्नुपर्ने छ।त्यस्तै शेयर लगत अभिलेख दर्ता गर्दा अनलाईन मार्फत् कम्पनीले पेश गरे हुने छ। यसरी पेस गर्दा स्क्यान कपी बनाउनुपर्ने छ। तर कार्यालयमा राखिएको विवरणसँग बाझिएमा कम्पनी नै जिम्मेवार हुनुपर्ने छ।यसरी अनलाइनबाट बुझाएका विवरण र वास्तविक विवरण फरक पर्न गएमा सच्याउनुपर्दा सञ्चालक समितिले निर्णय गर्नुपर्ने छ।यो सेवा लिनका लागि कार्यालयको वेबसाइटमा गएर लिन सकिने छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न