गृहपृष्ठ ∕ समाचार ∕ दाङमा एकै परिवारका आठसहित १४ जनामा कोरोना संक्रमण दाङमा एकै परिवारका आठसहित १४ जनामा कोरोना संक्रमण दीप संञ्चार भदौ ८, २०७७ गते १९:०९ मा प्रकाशित दाङ — दाङमा एकै परिवारका ८ जनासहित १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका- ४ का एकै परिवारका ८ जनासहित ९ जना, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का १ जनामा कारोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिए।संक्रमित हुनेमा ५ वर्षीय बालकदेखि ४२ वर्ष उमेर समुहका रहेका छन्। शान्तिनगरका संक्रमित सबै जना भदौ २ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेको उनले बताए। संक्रमित ११ जनालाई अहिले बेलझुण्डीको कोरोना विषेश अस्पताल लैजाने उनको भनाई छ।क्वारेन्टाइनमा बसेका ४० जनाको स्वाब परीक्षण गर्दा ११ जना नयाँ संक्रमित भेटिएका हुन्। शान्तिनगरमा अहिले १२ जना सक्रिय संक्रमित रहेका छन्। आज थपिएका ११ जनासंगै कुल संक्रमितको संख्या ३५ पुगेको छ। यद्यपी २ जनाको जिल्ला बाहिर संक्रमण पुष्टि भएको संयोजक पुनले जानकारी दिए।यस्तै लक्ष्मी बैंक घोराही शाखाको एक्सटेन्सन काउण्टरमा कार्यरत तीन जनामा संक्रमण पुष्टि भएको छ। काउण्टरमा कायरत घोराही–१४ र १५ का तीन जनामा संक्रमण पुष्टि भएको हो।संक्रमितहरुमा केहि दिनदेखि कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गरिएकोमा तीनै जनामा संक्रमण पुष्टि भएको हो । उक्त काउण्टर बुधबारदेखि नै बन्द गरिएको बैकका घोराही शाखा म्यानेजर पदमकुमार केसीले जानकारी दिए। कर्मचारीमा खोकी र ज्वरोको लक्षण देखिएपछि आशंकामा स्वाब परीक्षण गरिएको उनले बताए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न