गृहपृष्ठ ∕ समाचार ∕ दुबई विमानस्थलमा अलपत्र यात्रुको लागि आईतवार उडान हुने दुबई विमानस्थलमा अलपत्र यात्रुको लागि आईतवार उडान हुने सुर्य बहादुर खवास भदौ ७, २०७७ गते २०:३९ मा प्रकाशित युएई — युएईबाट चार्टर उडान मार्फत नेपाल फर्कन लागेका नेपालिहरु अन्तिम अवस्थामा उडान रद्द हुँदा दुबई एयरपोर्टमा अलपत्र परेका अन्ततः आईतवार नेपाल फर्कने भएका छन । नेपाल सरकारको अपरिपक्क निर्णयको चौतर्फी आलोचना भएपछि सरकारले दुबईबाट काठमाडौँको लागि आईतवारका लागी उडान अनुमति दिएको हो ।गत १८ अगष्टका दिन नेपाल एयरलाइन्सको उडान मार्फत नेपाल फर्कन एयरपोर्ट पुगेका २ सय ६२ जना यात्रु नेपाल सरकारले उडान अनुमती रद्द गर्दा दुबई एयरपोर्टमै बिचल्लीमा परेका थिए । यसरी बिचल्लीमा परेका यात्रुहरुलाई स्वदेश फर्काउन आउँदो आइतबार नेपाल एयरलाइन्सको विशेष उडानको लागि सरकारले अनुमति दिएको हो ।आईतवार नेपाल जाने पाउने भएपनी उनीहरुले पुनः कोरोना परीक्षण गर्नुपर्ने भएको छ । यस अघि कोरोना परिक्षण गरेका यात्रुहरुको आरडीटी वा पीसीआर टेस्टको समय अवधि सकिएकाले २ दिन भित्र पुनः आरडीटी पीसीआर टेस्ट गर्नुपर्ने एयरलाइन्सले बताएको छ । कम्पनीबाट बिदा भएर विमानस्थल पुगेकाहरु यात्रुहरु अन्तिम अवस्थामा उडान रद्द हुँदा विमानस्थलमा अलपत्र परेका थिए । न त उनिहरु फर्किएर कम्पनी नै जान सक्थे नत उनिहरु सँग खानकोलागी प्रयाप्त पैसा नै थियो ।यस्तो अवस्थामा शुरुवाती दिन बाटै राहत जुटदै आएको गैर आवासीय नेपाली संघ (एनआरएनए) युएई तथा विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधिहरुले यात्रुहरुलाई खान र बस्नको व्यवस्था गरेका थिए । कोभिड–१९ संकट व्यवस्थापन संचालक केन्द्र (सीसीएमसी) ले अन्तिम समयमा सबै चार्टर्ड उडान रद्द गर्न भनेपछि दुबई पुगेको नेपाल एअरलाइन्सको विमान भने नेपाल फर्कन तयार रहेका यात्रुहरुलाई दुबईमा नै छाडेर रित्तै फर्किएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा