कतार — कतार सरकारले श्रमिकको तलब बृद्धि भएको छ । अब कतारमा कार्यरत हरेक श्रमिकलाई आवासका लागि प्रतिमहिना ५ सय रियाल तथा खानाका लागि ३ सय रियाल थप दिनुपर्नेछ ।
यसले कतारमा खाना तथा आवाससहित न्यूनतम तलव १ हजार ८ सय रियाल हुनेछ । यसघि ९ सय रियाल र खाना बापत ३ सय गरी १२ सय रियाल तोकिएको थियो । तर कतारका अधिकांश कम्पनीहरुले ७५० देखि ८०० कतारी रियाल दिदै आएका थिए ।
न्यनूतम तलव वृद्धिसहित श्रमिकहरूले स्वइच्छाले रोजगारदाता पनि परिवर्तन गर्न पाउने निर्णय भएको छ । श्रमिकले काम परिवर्तन गर्न चाहे रोजगारगाताबाट नो–अब्जेक्सन सर्टिफिकेट ९स्वीकृति प्रमाणपत्र० चाहिने व्यवस्था पनि खारेज भएको हो ।
कतारले कानून नं १७, २०२० कार्यान्वयन गर्दै अब आप्रवासी कामदारले रोजगारदाताको अनुमति बेगर पनि रोजगारी परिवर्तन गर्न पाउने भएका छन् । कतार सरकारको यो निर्णयलाई अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ०ले स्वागत गरेको छ ।
श्रमिकहरूले रोजगारदाताको अनुमतिपछि मात्रै अर्को कम्पनी परिवर्तन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने तथा खाडी क्षेत्रमा समान र न्यूनतम पारिश्रमिक तोक्न सम्बन्धित देशहरूलाई दबाब दिदै आएको थियो ।
श्रमिकको पारिश्रमिक बृद्धिसहितका निर्णय पछि कतारका प्रशासन विकास, श्रम तथा सामाजिक मामिला मन्त्रीयुसुफ मोहम्मद अल ओथमन फक्रहुले सरकारको पछिल्लो निर्णले आप्रवासी कामदारले लाभ लिन सक्ने बताए । यसबाट रोजगारदाताबीच पनि प्रतिस्पर्धी वातावरण सृजना हुने उनको दाबी छ ।
‘कतार आधुनिक र समुन्नत श्रम बजार निर्माणका लागि प्रतिवद्ध छ’, उनले भने, ‘कतार भिजन २०३० लाई मध्यनजर गर्दा यो निर्णय महत्वपूर्ण हुनेछ जहाँ श्रमिक, रोजगारदाता र कतारले नै लाभ प्राप्त गर्नेछ ।’
कतार २०३० नेसनल भिजनमा विभिन्न क्षेत्रका अप्रवासी कामदारको बहुलता सिर्जना गर्ने, तिनका अधिकार र सुरक्षा सुनिश्चित गर्दै कतारमा प्रतिस्पर्धा तथा लगानी बढाएर आर्थिक वृद्धि तीब्र पारिने बताइएको छ।
नयाँ व्यवस्था सरकारी राजपत्रमा प्रकाशित भएको ६ महिनामा कार्यान्वयनमा आउनेछ ।
श्रमिकको सेवा सुविधा थप गरिएपछि कतारमा आप्रवासी कामदारको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ । यसबाट नेपालीहरू पनि लाभान्वित हुने भएका छन् । कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत छन् ।
क्याटेगोरी : समाचार, गल्फ