गृहपृष्ठ ∕ समाचार ∕ अल्का अस्पतालकी कर्मचारीको हत्याः भतिजासँग प्रेम अफेयर, आर्थिक कारोबारले लियो ज्यान अल्का अस्पतालकी कर्मचारीको हत्याः भतिजासँग प्रेम अफेयर, आर्थिक कारोबारले लियो ज्यान जीएनएन भदौ २०, २०७७ गते २१:१५ मा प्रकाशित काठमाडौं – ललितपुरको भैंसेपाटीमा बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या अरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न निर्मललाई केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।ललितपुर प्रहरीका अनुसार केसीको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित पर्ने सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा हत्या गरेर फालिएको अवस्थामा भेटिएको थियाे।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भतिजा निर्मल र गीता विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ। गीतासँग प्रेम अफेयरमा रहेको कुरा निर्मल स्वयंले स्वीकारेको प्रहरीले जानकारी दिएको छ।श्रीमानसँग गीताको सम्बन्ध राम्रो नभएको पनि प्रहरी अनुसनधानबाट खुलेको छ। सोहीकारण निर्मलले गीतालाई हरेक कुरामा सहयोग गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मृतक केसीले निर्मललाई पैसासमेत राख्न दिएकी थिइन्। उक्त पैसा फिर्ता मागेपछि निर्मलले हत्या गरेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ।प्रहरीका अनुसार मृतकको श्रीमान घरमा नभएको बेला निर्मल आउने जाने गरेका थिए। मृतक केसी पुल्चोकस्थित अल्का अस्पतालको कर्मचारी रहेको खुलेको छ। उनी उक्त अस्पतालमा ‘हाउस किपिङ’को रुपमा कार्यरत थिइन्।मृतक केसीलाई भतिजा निर्मलले नै अस्पताल लगिदिने र ल्याइदिने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मृतक केसीले हत्या भएको दिन श्रीमानलाई ढाँटेर आफू अस्पताल जाने भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी अस्पताल नगइ भतिजा निर्मलसँग जंगल गइ केही समय उनीहरु एकान्तमा गएर बसेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा