गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कुवेतबाट ह्विलचेयरमै फर्किए प्रमोद सदाई कुवेतबाट ह्विलचेयरमै फर्किए प्रमोद सदाई जीएनएन भदौ २०, २०७७ गते २१:२० मा प्रकाशित कुवेत -कुवेतमा करिब २ बर्ष अघि सकुशल काम गर्न आएका सर्लाही, भगवानपुर-४ का प्रमोद कुमार सदाई पुरै ढाड भाच्चिएर र दुई वटै खुट्टा राम्रो संग नचल्ने अबस्थामा ह्विलचेयरमा घर फर्किएका छन।उनलाई नेपाली राजदूतावास कुवेतले कम्पनी र परिवारसंग समन्वय गराएर आज सेप्टेम्बर ०५,२०२० को जजिरा एयरको उडान मार्फत स्वदेश फर्काइएको हो।प्रमोदलाई लुम्बिनी समाज कुवेतका पूर्ब अध्यक्ष रुपेन्द्र बिक्रम हमालले दुताबासमै गएर ब्यक्तिगत रुपमा ०४ सेप्टेम्बर,२०२० बेलुकि ह्विलचेयर सहयोग गरेका थिए।मेई ०९,२०२०का दिन नचिनेको मान्छेले कम्पनिको आबासको चौथो तल्लाको झ्यालबाट फालिदिए पछि प्रमोदलाइ कुवेत प्रहरीले कुवेतको आदान अस्पतालमा भर्ना गरेको अस्पतालको रेकर्डमा देखिन्छ।उनको ढाडको मेरुदण्ड पुरै भाच्चिएको र त्यसकै कारणले आधा प्यारलाइसिस भएको डाक्टरको भनाइ छ।उनको उपचारमा संलग्न डाक्टरले भने”अस्पताल ल्याउदा बेहोस अबस्थामा रहेका प्रमोदको स्वास्थ्यमा हामिले सके सम्म उपचार गरिरहेका छौ।उनको ढाडको सल्यकृया सफल भयो तर ढाडको मेरुदण्ड भाच्चिएकै कारण खुट्टाहरु राम्रो चल्दैन अब उनलाइ नेपाल पुर्याएर थेरापी गर्दा क्रमिक सुधार आउँछ भन्ने हाम्रो अनुमान छ।”प्रमोद सदा घटनाको बारे आफू अनभिज्ञ रहेको बताउदै भन्छन” म रातिको १/२ बजे झ्याल खोलेर मोबाइल चलाएर उभिएको थिए।धेरै जना कम्पनिको क्याम्पको एउटै फ्लायाटमा सुत्ने भएकोले ढोका बन्द गर्ने गरिएको थिएन।मास्क लगाएको मान्छे आएर मलाई एक्कासि झ्यालबाट फालिदिएको मात्र थाहा छ, त्यस पछि के भयो मलाई केही थाहा छैन।”उनी थप्छन”अस्पताल ल्याएको करिब एक महिना पछि होस आउदा आफुलाई यस्तो अबस्थामा पाएँ।म संग कसैको दुस्मनी थिएन तर खोइ म गरिबलाई पीडा माथी पीडा थपियो।”उनले गम्भीर हुँदै भने श्रीमति, ३ जना बच्चाहरु, बुबा-आमा लगाएको हेरचाहा गर्ने म आफै यस्तो अबस्थामा फर्किदै छु।सम्पतीको नाममा बस्ने घडेरी सम्म छैन, कसरी गुजारा चलाउने होला।”यता निरन्तरको प्रयासका कारण कम्पनि र परिवार संग समन्वय गरेर प्रमोदलाई चार महिना अस्पताल राखेर उपचार गरि घर पठाउन सफल भएको नेपाली राजदूताबासले जनाएको छ।दूताबासका अनुसार कम्पनिलेनै घर सम्म जाने टिकट र उपचार खर्च ब्यहोरोको छ।नेपाल पुग्दा सम्म दुई जना नेपालीहरुले उडान अबधिभर रेखदेख गर्ने र प्रमोदको परिवारका सदस्यहरु एम्बुलेन्स लिएर नेपाल एयरपोर्टमा लिन आउने ब्यबस्था मिलाइएको छ।नेपालको मुसहर समुदायका प्रमोद कुमार सदाईलाई जस्तो वैदेशिक रोजगारिको क्रममा हुने घटना र दुर्घटनाहरुबाट अंग-भंग हुनेहरुलाई नेपाल सरकारले क्षतिपूर्ति र उपचार तथा आर्थिक सहयोगको ब्यबस्था गरोस र कुनै पनि श्रमिक दाजुभाइ-दिदिबहिनीहरुले यस्तो अबस्थाको सामना गर्न नपरोस।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा