गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ यूएईबाट काठमाडौँ फर्किने हवाइ टिकटमा नै कालोबजारी यूएईबाट काठमाडौँ फर्किने हवाइ टिकटमा नै कालोबजारी जीएनएन भदौ २२, २०७७ गते २०:३४ मा प्रकाशित यूएई — संयुक्त अरब इमिरेट्स (यूएई) बाट काठमाडौँका लागि तोकेको नियमित उडानको भाडादरमा टिकट नपाएको भन्दै यूएईबाट स्वदेश फर्कन लागेका नेपालीहरुले गुनासो गरेका छन् । यसअघि सरकारले चार्टर उडानको भाडादर १४५० दिराम तोकेको थियो । अहिले नियमित उडानमा सहजरुपमा टिकट पाउन छाडेपनि महँगो शुल्क तिर्दा जति पनि टिकट पाइने गरेको एक नेपालीले बताएका छन् ।उनीहरुका अनुसार ट्राभल एजेन्सीमा गएर बुझ्दा सस्तोमा २२ सय देखि ३५ सय दिरामसम्म टिकटको मुल्य रहेको एजेन्सीहरुले बताउने गरेका छन् । त्यो पनि ट्राभलमा टिकट नपाइने तर, यूएईको नेपाली होटल, किराना पसल तथा कार्गाे अफिसमा जति पनि टिकट पाउने गरेको त्यहाँबाट स्वदेश फर्कन टिकटको खोजीमा भौतारिरहेका नेपालीहरु बताउँछन् । नेपाल सरकारले नियमित उडान खुलेको भनेर जनताको आँखामा छारो मात्र हालेको छैन पुरै भ्रममा पारेको भन्दै प्रबासी नेपालीहरुले आक्रोश पोखेका छन् ।नियमित उडान भएका मुलुकहरुबाट कोभिड १९ परीक्षण नेगेटिभ प्रमाण भएका यात्रु सिधै घर जान मिल्ने गरि शर्त राखेपनि सरकारले किन क्वारेन्टाइनको अभाव देखाएर ८ सय जना मात्र आउन मिल्ने भन्दै रोक्यो भनी प्रश्न गरेका छन् । सरकारले कमिसनको खेलमा एकातिर केही फ्लाइटलाई मात्रै अनुमति दिने र अर्का तिर कोटा संख्या तोकेर जनतालाई अझै थप समस्यामा पारेकोमा प्रबासी नेपालीहरु आक्रोशित भएका छन् । यूएईको दुबईस्थित भोल्ट्रासन, ट्रान्सगार्ड , इमिरेट्स लगायत विभिन्न ठूला कम्पनीहरुले आफ्नै खर्चमा सबैलाई कोरोना परीक्षण गरि नेपाल पठाउन तयार भए पनि ट्राभलहरु बाट टिकट लिदा अत्यन्तै महँगो पर्ने अनि भने जति टिकट पनि नपाउने एनआरएनए यूएईले जनाएको छ । त्यस्तै महँगैमा कम्पनीले चार्टर गरेर पठाउन तयारी गरे पनि नेपाल सरकारको ८ सय जना मात्र आउन पाउने नियमले चार्टर अनुमति नपाएर कम्पनी भित्रै थप नेपाली श्रमिकहरु अलपत्र पर्न थालेको जनाएको छ ।यूएईमा भिसा सकिएको , भिसा क्यान्सिल भएकाहरुको जरिवाना लाग्न सुरु भइसकेकाले अझै थप समस्या हुन थालेको उनीहरुले बताएका छन् । यसघि पनि जरिवाना तिर्न नसकेर १७ नेपाली स्वदेश फर्कन सकेका थिएनन् । यूएईस्थित नेपाली दूतावासका अनुसार हालसम्म दूतावासमा नेपाल फर्कन चाहने नेपालीको संख्या ४५ हजार भन्दा बढी रहेको छ । अहिले करिब १७ हजार नेपाली नेपाल फर्किसकेका छन । साउदीस्थित नेपाली दूतावास रियादमा नाम रजिस्टर गरि स्वदेश फर्कन प्रतिक्षारत नेपालीहरु धेरै भएको हुनाले टिकट लिन आउनेको भिड कन्ट्रोल गर्न हम्मेहम्मे परेको त्यहाँस्थित नेपाल एयरलाइन्सको कार्यालयले जनाएको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा