ग्रामिण जिवनशैलीदेखि भागेर सहरिया जिवन अवलम्वन गरेका हामीहरुको दैनिक जिवनशैली पनि फेरिएको छ। गाऊँघरमा सानाठूला नदि, खोला, खोल्सा, कुला आदिमा गाईगोरु चराऊन जाँदाखेरि पौडिने, हाम फाल्ने, तैरिने, झरनाहरुमा गएर नुहाऊने, माछा पोलेर खाने, जंगलका फलफूल, सागसब्जीहरुमाथीको एकछत्र रजाईं तपाईंहाम्रो मष्तिष्कमा जिवितै भएपनि तपाईंहामीभन्दा तल्लो पुस्तालाई हाम्रा ती दिनहरु कल्पना मात्रै लाग्दछन।
आधुनिक घोकन्ते शिक्षा र पाश्चात्य संस्कारको आडमा खुलेका अधिकांश निजिदेखि यदाकदा सरकारी स्कूलहरुले बालबालिकालाई पौडी सिकाऊने नाममा विभिन्न स्विमिङ्ग पूलहरुमा लैजाने गरेका छन। यद्यपि तपाईंहामी पनि अब खोला नदिको पवित्र र कंचन पानी छोडेर स्विमिङ्ग पूलतिरै रमाऊन थालेका छौं। पौडी भनेकै स्विमिङ्ग पूल भन्ने मानशिकता हाम्रा बालबालिकामा गढेर बसेको छ। तसर्थ, आफ्ना बालबालिकालाई स्विमिङ्ग पूलमा पौडी खेल्न लैजानुपूर्व उक्त स्विमिङ्ग पूलको बारेमा अभिभावकहरुले बेलैमा बुझ्न र जान्न सके बालबालिकालाई छाला र आँखासम्बन्धी रोगबाट बंचाऊन सकिन्थ्यो कि? यसबारेमा अभिभावक मात्र होईन, स-साना बालबालिकालाई पढाऊने मन्टेश्वरी स्कूलका शिक्षक शिक्षिकादेखि लिएर माध्यमिक तहसम्म अध्यापन गराऊने हरेक शिक्षक शिक्षिकाले ध्यान पुर्याऊनु जरुरी छ। त्यसभन्दा माथीका युवालाई त रोक्न पनि सकिन्न, जान्ने र बुझ्ने उनीहरुले नै हो।
कहिलेकाहिं स्विमिङ्ग पूलमा पौडी खेलेर बाहिर निस्किंदा आँखा धुमिल हुने, आँखा पोल्ने समस्या महसुस गर्नुभएको छ भने त्यो स्विमिङ्ग पुलको पानी सफा गर्न मिसाईने अनेकनथरि केमिकल र दिशा, पिसाव, पसिनालगायतको दुषित पानीकै कारणले हो। जसको कारण आँखाको चमकमा कम आऊनाका साथै शरिरमा छालासम्बन्धी एलर्जी हुनेगर्दछ।
कहिलेकाहिं स्विमिङ्ग पूलको पानी ज्यादै घातक सावित पनि हुनसक्तछ। पानी सफा गर्न मिलाईने अनेकनथरि केमिकल र धेरैजनाले प्रयोग गरिसकेको स्विमिङ्ग पूलमा अनेकनथरि ब्याक्टेरिया पाईने गर्दछन। विशेष गरेर स्विमिङ्ग पूलको पानीमा पिसाव, दिशा, पसिना र धुलो, हिलो आदि अत्याधिक मात्रामा मिश्रण रहेको पाईएको छ। कहिलेकाहिं स्विमिङ्ग पूलमा पौडी खेलेर बाहिर निस्किंदा आँखा धुमिल हुने, आँखा पोल्ने समस्या महसुस गर्नुभएको छ भने त्यो स्विमिङ्ग पुलको पानी सफा गर्न मिसाईने अनेकनथरि केमिकल र दिशा, पिसाव, पसिनालगायतको दुषित पानीकै कारणले हो। जसको कारण आँखाको चमकमा कम आऊनाका साथै शरिरमा छालासम्बन्धी एलर्जी हुनेगर्दछ। पानी सफा गर्न प्रयोग गरिने क्लोरिन जब पिसावसंग मिसिन्छ, तब अमोनिया नामक रसायनको उत्पत्ति हुन्छ, जसलाई क्लोरामाईन पनि भन्ने गरिन्छ। क्लोरामाईनको एकप्रकारको विशेष गन्ध हुन्छ। प्रायश: स्विमिङ्ग पुलको पानीमा यो गन्ध पाईन्छ। यो रसायनले तपाईंको स्वासप्रश्वासदेखि आँखाको एलर्जी, आँखाको ज्योती कम हुने साथै छालासम्बन्धि विभिन्न रोगहरुको उत्पत्ति गर्दछ। स्विमिङ्ग पुलमा पौडिनेमध्ये अधिकांश बालबालिकाले स्विमिङ्ग पूलको पानी निल्ने गर्दछन। बालबालिकाको स्वास्थ्यमा नै गम्भीर असर पार्ने गरेको स्विमिङ्ग पूलको पानी बालबालिकाले निलेकोतर्फ कसैको ध्यान जाँदैन। सबैले बच्चाहरु पौडिएको आनन्द मात्र मानेर हेरिरहन्छन या फोटो र भिडियो खिच्नतर्फ तल्लिन रहन्छ्न। तर, बालबालिकाले निल्ने पिसाबयुक्त पानीमा नाईट्रोजन नामक रसायन पनि रहन्छ र त्यस्तो पानीले सोझै बालबालिकाको स्वासप्रश्वास, खोंकी, मष्तिष्कवृद्धिमा गम्भीर असर पर्छ भनेर तपाईंहामीमध्ये कसैलाई पनि थाहा छैन होला सायद।
सकभर आफ्ना बालबालिकालाई पौडी खेलाऊने नाममा जहाँपायो त्यहिं स्विमिङ्ग पूलमा नलैजानुहुन हरेक अभिभावकलाई अनुरोध पनि छ र मन्टेश्वरिलगायत माध्यमिक शिक्षासम्म पढाऊनुहुने हरेक शिक्षक शिक्षिकालाई बिधार्थीलाई पौडी खेल्न लैजानुपूर्व उक्त स्विमिङ्ग पूलको पानी कति स्वस्थकर छ, यसभन्दा अंघि के कतिजनाले स्विमिङ्ग गरिसकेका छन, बालबालिकाको लागि पौडीको विशेष व्यवस्था छ कि छैन। स्विमिङ्ग पूलको पानी शुद्धता मापन गरिएको छ कि छैन, नगरेको भए शुद्धता मापन गरेर मात्र लैजानुहुन विनम्र अनुरोध छ।
अनुसन्धानले पत्ता लगाएअनुसार करिब २० लाख लिटर क्षमताको सानो स्विमिङ्ग पूलमा पनि ७५ लिटरजति त पिसावको मात्रा नै हुन्छ। त्यसमाथी स्विमिङ्ग पूलको पानी सफा गर्न प्रयोग गरिने अनेकथरि केमिकल र दिशाका कण, पिसाव, पसिना, धुलो, हिलो आदि सबैको समिश्रणद्वारा उत्पन्न हुने क्लोरामाइन रसायनले आँखा रातो हुने, छालामा इन्फेक्सन हुनेजस्ता लक्षण देखापर्ने गर्दछ। तसर्थ सकभर आफ्ना बालबालिकालाई पौडी खेलाऊने नाममा जहाँपायो त्यहिं स्विमिङ्ग पूलमा नलैजानुहुन हरेक अभिभावकलाई अनुरोध पनि छ र मन्टेश्वरिलगायत माध्यमिक शिक्षासम्म पढाऊनुहुने हरेक शिक्षक शिक्षिकालाई बिधार्थीलाई पौडी खेल्न लैजानुपूर्व उक्त स्विमिङ्ग पूलको पानी कति स्वस्थकर छ, यसभन्दा अंघि के कतिजनाले स्विमिङ्ग गरिसकेका छन, बालबालिकाको लागि पौडीको विशेष व्यवस्था छ कि छैन। स्विमिङ्ग पूलको पानी शुद्धता मापन गरिएको छ कि छैन, नगरेको भए शुद्धता मापन गरेर मात्र लैजानुहुन विनम्र अनुरोध छ। के थाहा, तपाईंहाम्रै अज्ञानताले कतै बालबालिकामा संक्रमण त फैलाईरहेका छैनौं? तपाईंहामी स्वयंले पनि अज्ञानतामैं बिभिन्नखाले आँखा, स्वासप्रश्वास तथा छालासम्बन्धि संक्रमणलाई आमन्त्रित त गरेका छैनौं?
“धाराको पानी कान्छी नानी फुकेको कम्मरमा
भुलेको छैनौं त्यो मीठो पानी अझै यो उमेरमा
आहा~ साह्रै मीठो कुरो सम्झायौ हो साईंला
अँ.. अब अहिले थरी थरीको चिसो, थरी थरीका कोला
खोई कता गयो धारा कता गयो खोला
त्यो बोतलको पानी न त पुरै आँत भिज्ने
न त तिर्खै मेटिने कठै बरि !
अब अहिले चिसो कोला, कहां गयो धारा खोला
भएन कुरा आँत भिज्ने, रहेन स्वादै तिर्खा मेट्ने…”
क्याटेगोरी : समाचार, स्वास्थ्यट्याग : #breaking,
#swimming pool water