Techie IT
×
गृहपृष्ठसमाचार२ लाख बढी नगदसहित खाद्यान्न लिएर पहिरोपीडितमाझ पुग्यो सिन्धुपाल्चोक काँग्रेस

२ लाख बढी नगदसहित खाद्यान्न लिएर पहिरोपीडितमाझ पुग्यो सिन्धुपाल्चोक काँग्रेस


सिन्धुपाल्चोक–नेपाली काँग्रेस जिल्ला कार्य समिति तथा काँग्रेस र यससंग आबद्ध भातृसंस्थाका नेताहरुले बाह्बिसे नगरपालिका ७ नागपुजे, भीरर्खक लगायतका पहिरो पीडितलाई नगद, खाद्यन्न, भाँडाकुडाँ, सोलार लगायतका सामाग्री सहयोग गरेका छन् ।

नेपाली काँग्रेस पूर्व जिल्ला सभापति भूपेन्द्र थापाका अनुसार बुधबार मृतक परिवार र पहिरोबाट अति प्रभावित २६ परिवारलाई चार हजार नगद, एक बोरा चामल, दाल, तेल, नुन, सोलार, भाँडाकुडाँ, पोलार, ट्रयाकसुट लगायतका सामाग्री काँग्रेसले सहयोग गरेको हो । नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामाको नेतृत्वमा ८४ परिवारलाई दुई हजारका दरले नगद र खाद्यान्न, अति प्रभावित मेतक परिवार र घर पुरिएका २६ परिवारलाई चार हजारका दरले नगद वितरण गरेको नेपाल बिद्यार्थी संघका केन्द्रीय महामंत्री तथा सिन्धु काँगे्रसका नेता बलदेव तिमल्सिनाले जानकारी दिएका छन् । फुल्पिङकोट गाँउ इकाई सभापति गोबिन्द कार्की र काँगे्रस नेता कृष्ण न्यौपानेले अति प्रभावित २६ परिवारलाई नगद दिनका लागि ५२ हजार सहयोग गरेका थिए भने बाँकी पार्टीका अन्य व्यक्तिहरुमार्फत संकलन गरिएको थियो ।

बितरण गरिएको खाद्य सामाग्रीहरु २५ किलोको एक बोरा चामल, दाल, तेल, नुन लगायतका खाद्यन्न लामा गुरु सोनाम वाङचे लामा, पूर्व सभापति थापा र नेपाल तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामाले सहयोग गरेका थिए । प्रति सेट १० हजार पर्ने सोलार बत्ती नेबिसंघ महामंत्री तिमल्सिनाले उपलब्ध गरेका थिए । सो सोलार बती सनसाइन इनर्जी प्रालि, नेपाल उर्जा विकास कम्पनी, शिखर रिन्युबल इनर्जी प्रालिले सहयोग गरेका थिए । नेपाल महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष गीता नेपालको पहलमा, महासमिति सदस्य लीला नेपाल, भक्तपुर नेपाल महिला संघकी अध्यक्ष सरु बानियाँ, नेपाल महिला संघ धादिङकी अध्यक्ष अम्बिका अधिकारी, समाजसेवी शारदा गौतम, सहितले भाँडाकुडाँ, पोलार र विद्यार्थीलाई ट्रयाकसुट सहयोग गरेकी थिइन् ।

धादिङकी अध्यक्ष अधिकारीले पहिरो पीडित बच्छलादेवी माविका बिद्यार्थीलाई ट्रयाकसुट सहयोग गरेकी छिन् । नेबिसंघ महामंत्री तिमल्सिनाले घुम्थाङ उपस्वास्थ चौकी, बच्छलादेवी माबिका बिद्यार्थीहरु र इलाका प्रहरी कार्यालय बाह्र्बिसेलाई स्यानिटाइजर, एन ९५ मास्क, सर्जिकल मास्क, सोलार बत्ती लगायतको सामाग्री प्रदान गरेका थिए । लायान्स क्लब अफ रामेछाप डिस्ट्रिक्क ३२५ शम्भु प्रसाद घिमिरेबाट सो स्वास्थ सामाग्री सहयोग उपलब्ध भएको हो ।

साथै उक्त स्थानमा वितरण गरिएको खाद्य सामाग्रीको निम्ति शिव शक्ति समूहको तर्फबाट पनि थप सहयोग प्राप्त भएको नेबिसंघ महामंत्री तिमल्सिनाले जानकारी दिएका छन् । प्राकृतिक विपत्तिले सिपालाई बर्षेपच्छिे पीडा दिएको र यसबर्ष पनि बाढीपहिरोले ठूलो संख्यामा जनधनको क्षति भएको हुंदाँ काँग्रेस र यसका भातृसंस्थाहरु जनातका पीडामा संधै साथमा रहने सभापति विकास लामाले बताएका छन् । पीडामा परेकाहरुलाई काँग्रेसले उद्धार, राहत र पुर्नस्थापनाका निम्ति राज्यका सबै निकायहरुलाई कर्तव्यनिष्ट हुन पनि आग्रह गरेको छ ।

साथै विपत्तिमा परेका जिल्लाका जुनसुकै स्थानमा जनतालाई काँग्रेसले राहत र सहयोग उपलब्ध गराउने बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस