गृहपृष्ठ ∕ समाचार ∕ राज्यले प्रबासमा रहेका नेपालीहरु प्रती कुनै भेदभाब गर्दैन – सुबास नेम्बाङ राज्यले प्रबासमा रहेका नेपालीहरु प्रती कुनै भेदभाब गर्दैन – सुबास नेम्बाङ जीएनएन असोज १८, २०७७ गते २१:४३ मा प्रकाशित काठमाडौं — नेकपा संसदीय दलका उपनेता एबम पूर्व सभामुख सुबास नेम्बाङले गैर आबासीय नेपालीलाई नेपाल सरकार र राजनितिक नेतृत्वले कुनै भेदभाब नगरेको र देशको उन्नतीमा साझेदार र सहयात्रीको रुपमा स्वीकार गरी सकेको बताएका छन ।गैर आबासीय नेपाली संघको युरोपियन बैठकको ”एनआरएन नागरिकता र मतदानको अधिकार” सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङले गैर आबासीय नेपाली नागरिकता सम्बन्धि बिधेयक संसदमा पेश भैसकेको र आगामी संसद अधिबेशनले पारीत गर्ने र कार्यन्वयन हुने विश्वाश दिलाए । एनआरएनहरुलाई अधिकार दिन र नेपालको बिकासमा सझेदार रहेका एनआरएनहरु सँग मातृभूमीको सम्बन्ध दिर्घकाल सम्म कायम गर्ने कुरामा सबै राजनीतिक दलको सहमति रहेको पनि उहाले बताए । ब्यक्तिगत रुपमा एनआरएनहरुलाई नागरिकता दिलाउन सुरुवाती दिनबाट आफुले एनआरएन नेतृत्वसँग सहकार्य गर्न पाएकोमा आफुलाई खुशी लागेको बताए ।नेपाली काङ्रेशका नेता मिनेन्द्र रिजालले गैर आबासीय नेपालीहरुले भोगी रहेका समस्या , गरी रहेको प्रगती र प्राप्त ज्ञान सीप बारे आफुले नजिकबाट बुझेको र गैर आबासीय नेपाली अभियानले आफ्नो छुट्टै परोपकारी छबि र नेपालको दु:ख सुखको साथीको छबि बनाएको छ भन्दै मात्रीभुमी सँगको सम्बन्ध अझ दरिलो बनाउन एनआरएन नागरिकताले सहयोग गर्ने बताए । संसारका धेरै देशमा दोहोरो नागरिकताको प्राबधान रहेको त्यस्ता देशले छीट्टो बिकास गरेको उदाहरण छन भन्दै अहिले सामाजिक सान्स्कृतिक अधिकार सहितको नागरिकता भएमा राजनीतिक अधिकार सहितको नागरिकता र मतदानको अधिकार कसरी दिन सकिन्छ भनी बहस चलाऊनु पर्ने बताए ।गैर-आबासीय नेपाली अभियान सुरु भए देखि आज सम्म एनआरएन नागरिकताको लागि गरेको संघर्ष र प्रगती बारे चर्चा गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतो , रामप्रताप थापा, संघका अध्यक्ष कुमार पन्त , सल्लाहकार कुल आचार्य , सरोज दाहाल, सुरेन्द्र नेपाल श्रेष्ठ लगायतले एक पटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनको मुल नारा भएको त्यसलाई एनआरएन नागरिकता र मतदानको अधिकारले पुरा गर्ने हुँदा त्यस तर्फ छिट्टो काम भएमा देशको र एनआरएनहरुलाई फाईदा हुने भनाइ राखेका थिए । पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले कार्यक्रमको समिक्षा गरेका थिए भने बिरेन्द्र सिंह कार्कीले टिप्पणी गरेका थिए ।गैर-आबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष चित्र सुबेदीले स्वागत गर्नु कार्यक्रममा सहभागीहरुलाई आईसिसी सदस्य बिनोद कार्कीले धन्यवाद ज्ञापन गर्नु गरेका थिए । गैर-आबासीय नेपाली संघका उपाध्यक्ष एबम नेपाली नागरिकता निरन्तरता समिती संयोजक सोनाम लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन आईसिसी सदस्य सन्तोष जोशी सुबाशले गरेका थिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा