गृहपृष्ठ ∕ ग्लोबल ∕ संक्रमणमुक्त भएको दुई महिनापछि भेटियो महिलाको आँखामा कोरोना भाइरस संक्रमणमुक्त भएको दुई महिनापछि भेटियो महिलाको आँखामा कोरोना भाइरस एजेन्सी असोज २५, २०७७ गते ८:३५ मा प्रकाशित चीन — चीनमा कोरोनाभाइरसको एउटा अनौठो मामिला सार्वजनिक भएको छ । कोरोनाभाइरसको संक्रणबाट मुक्त भएकी ६४ वर्षीया महिलाको आँखामा २ महिनापछि पनि कोरोनाभाइरस भेटिएको हो । कयौँ अध्ययनले यसअघि नै आँखा रातो हुनु र सुन्निनुलाई कोरोना भाइरसको लक्षण मानेको छ ।लगातार ५ दिनसम्म सुख्खा खोकी र ९ दिनसम्म झाडापखालाको लक्षणपछि ती महिला गत जनवरी ३१ मा अस्पताल भर्ना गरिएकी थिइन् । उनलाई ज्वरो पनि देखिएको थियो । छातीको सिटी स्क्यान गर्दा उनको फोक्सोमा संक्रमण देखिएको थियो । त्यसपछि उनको स्वाब लिएर परीक्षण गर्दा उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । उनलाई त्यतिबेला गम्भीर समस्या देखिएको थिएन भने आँखामा पनि कुनै समस्या थिएन ।१८ र २० फेब्रुअरीमा गरिएको जाँचमा उनको रिपोर्ट नगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको थियो । डिस्चार्ज भएको ८ दिनपछि उनको दाहिने आँखा दुख्न थालेको थियो । २८ फेब्रुअरीपछि दुखाइ बढ्न थाल्यो भने उनको दृष्टि पनि कमजोर बन्यो । जब दुखाइ सहन नसक्ने अवस्थामा पुग्यो, उनी अस्पताल पुगिन् ।८ मार्चमा उनलाई अस्पताल भर्ना गरियो । डाक्टरहरुले महिलामा ग्लूकोमा अट्याक भएको पाए । आँखामा दबाबका कारण पीडा भइरहेको उनीहरुले पत्ता लगाए । पहिला औषधी दिएर पीडा कम गर्ने प्रयास गरिए पनि फाइदा नभएपछि उनको अपरेशन नै गरियो ।चीनको ऊहानस्थित सेन्टर थिएटर कमान्ड अस्पतलामा महिलाको दुई पटक अपरेशन गरियो । १४ मार्चमा दाहिले र १५ मार्चमा देब्रे आँखाको अपरेशन भयो । सर्जरीपछि पनि आँखामा लगातार दबाब र पीडा बढेपछि महिलाको १० अप्रिलमा पुनः अपरेशन गरियो ।अपरेशनका दौरान आँखाबाट लिएको टिस्यूको नमूना जाँच गर्दा त्यसमा कोरोनाभाइरसको प्रोटिन पाइयो । जामा अप्थेल्मोलोजी जर्नलमा प्रकाशित रिसर्चका अनुसार बिरामीको ओक्युलर मेनिफेस्टेसनको मामिला बाहिर आएको छ । यस्तो अवस्थामा आँखा रातो हुने र सुन्निने गर्छ ।यसअघि गरिएको अध्ययनमा आँखाको बाहिरी तहको साथै आँशुमा पनि कोरोनाभाइरस पाइएको थियो । यहाँबाट पनि संक्रमण फैलिन सक्ने शोधकर्ताहरुको भनाइ छ ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा