बेलायतमा संक्रमित संख्या बढ्दै, आजैबाट तीन तहको लकडाउन शुरु

लन्डन — बेलायतमा कोरोना संक्रमितको संख्या पछिल्लो २४ घन्टाभित्र २० हजारको हाराहारीमा पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार बिहीबार बेलायतमा थप १९ हजार ७ सय २४ जना नयाँ संक्रमित थपिएका हुन् ।
हिजो बुधबार सार्वजनिक संख्याभन्दा आज संक्रमित हुनेको संख्या साढे दुई हजारले बढी छ । योसँगै बेलायतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख ५४ हजार ६ सय ४४ पुगेको छ । गएको २४ घन्टामा २ लाख ६४ हजार भन्दा बढीको पीसीआर परीक्षण गरिएको स्वास्थ्य विभागले जनाएको छ ।
यसैगरी कोरोना संक्रमणका कारण २४ घन्टाभित्र थप एक सय ३७ जनाको मृत्यु भएको छ । मृतक संख्या भने अघिल्लो दिनको तुलनामा ७ जनाले कम छ । बुधबार एक सय ४३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । पछिल्ला दुई दिनयताको मृतक संख्या विगत ४ महिनायताकै सबैभन्दा बढी हो । बेलायतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ हजार १ सय ५५ पुगेको छ ।
यसैगरी हस्पिटलमा भर्ना हुने कोरोना संक्रमितको संख्या पनि निरन्तर बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा थप ६ सय ८० जना कोरोनाका बिरामी हस्पिटल भर्ना भएका छन् । यो संख्या हिजोको तुलनामा दुई दर्जन भन्दा बढी हो । बेलायतका हस्पिटलमा अहिले ४ हजार ६ सय ५० जना कोरोना संक्रमित उपचारार्थ भर्ना भएका छन् । यसैगरी भेन्टिलेटर बेडमा उपचार गराउनेको संख्या पनि बढेर ५ सय १६ पुगेको छ ।
कोरोना संक्रमणको दर तीव्र हुँदै गएपछि इंग्ल्याण्डमा आजैदेखि तीन तहको प्रतिबन्ध लागू भएको छ । संक्रमणको जोखिमलाई मूल्यांकन गर्दै मध्यम, उच्च र अति उच्च (टियर वान, टु एण्ड थ्री) तीन तहमा वर्गीकरण गरेर लकडाउन सम्बन्धि नियम लागू गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले उक्त घोषणा गर्दै राष्ट्रव्यापी लकडाउन नगरिने संकेत दिएका हुन् ।
मध्यम जोखिम भएका स्थानहरुमा हाल जारी लकडाउन सम्बन्धि नियमहरु ‘रुल अफ सिक्स’ अर्थात् घर बाहिर र घरभित्र ६ जनासम्म भेला हुन पाइने, पब, बार तथा रेस्टुरेन्टहरु राति १० बजेभित्र बन्द गर्नुपर्नेछ । उच्च जोखिम भएका स्थानमा हाल जारी नियमका साथै आफ्नो परिवार बाहेकका अन्य मानिससँग भेटघाट गर्न प्रतिबन्ध लगाइएको छ । अति उच्च जोखिम भएका स्थानमा भने पब, बार, रेस्टुरेन्टलगायत हस्पिटालिटी क्षेत्रहरु बन्द गरिनेछन् । तर पसल, स्कुल तथा विश्वविद्यालय भने खुल्ला रहनेछन् ।
क्याटेगोरी : समाचार, बेलायत
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
- दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
तपाईको प्रतिक्रिया दिनुहोस