गृहपृष्ठ ∕ समाचार ∕ काँग्रेस प्रमुख सचेतक खाण र सांसद थापाले गरे दसैं भत्ता फिर्ता काँग्रेस प्रमुख सचेतक खाण र सांसद थापाले गरे दसैं भत्ता फिर्ता दीप संञ्चार कात्तिक २, २०७७ गते २०:०० मा प्रकाशित काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सांसदका रूपमा पाएको दसैं भत्ता फिर्ता गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गरेर खाणले दसैं भत्ता फिर्ता गरेको जानकारी दिएका हुन् ।प्रमुख सचेतक खाणले दसैं भत्ता बापतको रकम जनहितमा खर्च गर्नका लागि भन्दै फिर्ता गरेको विज्ञप्तिमा उल्लेख छ ।‘हालको विषम परिस्थितिमा आम नेपालीले अभाव, पीडा र कठिनाई भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक, जनउत्तरदायी र उचित नभएकोले मलाई प्राप्त भएको दसैं भत्ता बापतको रकम संसद सचिवालय मार्फत जनहितमा उपयोग गर्न सरकारलाई फिर्ता गर्ने व्यहोरा जानकारी गराउँदछु,’ विज्ञप्ति भनिएको छ ।खाँणले उक्त रकम सरकारको कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन संघीय संसद सचिवालयलाई आग्रह गरे । यस्तैकाँग्रेसका सांसद गगन थापाले पनि आफ्नो खातामा आएको दसैं भत्ता बापतको रकम फिर्ता गरेका छन् ।थापाले नगद ६४ हजार ७० रुपैयाँ फिर्ता गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।विषम परिस्थितिमा पनि सांसदहरूलाई दसैं भत्ता दिइएकोमा चतर्फी आलोचना भएपछि केही सांसदहरूले आफूले भत्ता फिर्ता गरेको घोषणा छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न