गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ राजदूत टोलीद्वारा दुबईको रसिद हस्पिटल भ्रमण, नेपाली बिरामीहरु खुसी राजदूत टोलीद्वारा दुबईको रसिद हस्पिटल भ्रमण, नेपाली बिरामीहरु खुसी राम प्रसाद ढुंगेल कात्तिक २, २०७७ गते २१:०४ मा प्रकाशित दुबई — नेपाली दूतावास अबुधाबीको एक टोलीले आइतबार दुबईको रसिद हस्पिटल भ्रमण गरी त्यहाँ रहेका नेपाली बिरामीको अवस्थाबारे जानकारी लिएको छ । युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको नेतृत्वमा गएको टोलीमा श्रम काउन्सिलर निर्मला थापा र पिआरओ इर्फान रहेका थिए ।उनीहरूले त्यहाँ उपचाररत नेपाली विरामीहरुलाई भेटेर अवस्थाबारे जानकारी लिएको र दूतावासबाट आवस्यक सबै सुविधा उपलब्ध गराउने प्रतिबद्धता गरेको राजदूत ढकालले बताएका छन ।दूतावास टोलीले हस्पिटलका जनरल डाइरेक्टर डा.फहद बस्लिब र वहाँको समुहसंग भेट गरी नेपालीहरुको उपचारमा अस्पतालले निर्वाह गरेको भुमिकाको लागि धन्यवाद दिएको थियो ।दूतावास टोलीले उपचाररत नेपालीहरुलाई यात्रा अनुमती पत्र, आवस्यकता परेका विरामीलाई नि:शुल्क हवाई टिकट र विरामीका सम्बन्धित कम्पनी प्रशासनसँग समन्वय गरेको पिआरओ इर्फानले जानकारी दिएका छन ।पिआरओ इर्फानकाअनुसार दूतावास र नेपाली समुदायको पहल चुराबहादुर थापालाई हवाइ टिकट र एकतर्फी यात्रा अनुमती पत्र प्रदान गरिने सहमति भएको छ । उक्त अस्पतालमा धेरै नेपाली विरामी रहे पनि समय व्यवस्थापन र प्राविधिक कारण त्यहाँ उपचाररत ५ जना विरामीलाई मात्रै भेट्न सकेको दूतावासले बताएको छ ।क्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा