Techie IT
×
गृहपृष्ठसमाचारलमही अस्पतालमा पहिलो पटक शल्यक्रियाबाट प्रसुति सेवा

लमही अस्पतालमा पहिलो पटक शल्यक्रियाबाट प्रसुति सेवा


दाङ — सुत्केरी व्यथा लागेकी लमही नगरपालिका वडा नम्बर ३ बनगाउँ निवासी २६ वर्षिया यसोदा केसीलाई शल्यक्रिया मार्फत प्रसुति सेवा प्रदान गरिएको हो । अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य भएको लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर आकाश बेल्बासेले बताए ।

डाक्टर सत्य प्रसाद वैद्य, डाक्टर आकाश बेल्बासे, एनएसथेसिया अजय जैसवाल, स्टाफ नर्स मन्निता अधिकारी, अनमि शिला चौधरी लगायतको टिमले शल्यक्रिया गरेको थियो । लमही अस्पतालमा पहिलो पटक शल्यक्रिया गरेर प्रसुति सेवा प्रदान गरेपछि नगरपालिकाका प्रमुख कुल बहादुर केसीले शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिदै अब अस्पताललाई व्यवस्थित गर्नु पर्ने बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पताल बन्न पुगेको लमही अस्पतालमा निकै नयाँ काम भएको बताउदै नगर प्रमुख केसीले लामो समय घाइते अवस्थामा रहेको अस्पतालले गति लिने बिश्वास व्यक्त गरे ।

त्यस्तै लमही नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुबाश न्यौपाने पनि लमही अस्पताल पुगेर उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन । अब गर्भवती आमाहरुले यो सेवा लमही अस्पताल बाटै पाउने गरि अस्पतालको विकासका लागि आफुले पहल गर्ने बताए ।

शल्यक्रियाका लागि लमही अस्पतालमा सामानहरु डेढ वर्ष अघि नै आएका थिए तर रिस्क कसैले लिन नमान्दा त्यो कामको शुरु गरिएको थिएन डाक्टर बेल्बासेले भने । यो संगै अब लमही अस्पताललाई व्यवस्थित गर्दै लैजान सके शल्यक्रिया गरेर आमा बन्नेहरुलाई अन्यत्र जान नपर्ने उनको भनाई छ ।

हाम्रो सफलताले समाजमा सकारात्मक संदेश गएको छ, लमही अस्पतालमा पनि शल्यक्रिया गरेर प्रसुति सेवा प्रदान हुने रैछ भन्ने जुन संदेश सेवाग्राहीमा गएको छ त्यस कारण हामी तयारी अवस्थामा रहनु पर्छ, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बेल्बासेले भने ।

निक साइमन्स इनिस्टिच्युटको सहयोगमा शल्यक्रिया गरिएको हो । यस अघि लमही अस्पतालमा सामान्य उपचार हुदै आएको थियो ।

एमडिजिपि डाक्टर आउने कुरा भैरहेको छ, ति डाक्टर आए हाइड्रोसिल, हर्निया, बेहोस बनाएर चिरफार गर्ने लगायतका उपचारका लागि बाहिर जान पर्दैन । १५ सैयाको अस्पतालमा अहिले दुई जना डक्टर, एनएसथेसिया सहायक, चार जना एचए, दुई जना अहेब, ६ जना नर्स रहेका छन ।

नेपाल सरकारले १५ सैयाको अस्पतालमा ३ वटा डाक्टर, ५ जना एचए राख्ने भनेको छ तर विरामी भढ्दै गएको खण्डमा अस्पताल विकास समितिले आवश्यकता अनुशार थप कर्मचारी राख्ने गर्छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस