गृहपृष्ठ ∕ समाचार ∕ बिजया दशमी टीकाको उत्तम साइत बिहान १०ः१९ मा बिजया दशमी टीकाको उत्तम साइत बिहान १०ः१९ मा दीप संञ्चार कात्तिक ८, २०७७ गते ५:५६ मा प्रकाशित काठमाडौ — वर्ष विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १० बजेर १९ मिनेटको लागि जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटका लागि यस वर्ष टीकाको शुभ साइतलाई उत्तम मानेको गृह मन्त्रालयले जनाएको छ ।यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने उल्लेख छ । यो साल देवी विसर्जनको ८ मिनेटमै टीकाको साइत जुरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो साल घटस्थापनाको दिन चित्रा नक्षत्र परेको हुँदा टीकामा त्यसको असर परेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले जानकारी दिए ।अघिल्ला वर्षहरूमा देवी विसर्जन गरेपछि ३० देखि ४५ मिनेटपछि मात्रै टीकाको साइत जुराउने गरिएका थियो । त्यस्तै, फूलपाती भित्र्याउनको लागि शुभ साइतको आवश्यकता पर्दैन । षष्ठीको दिन बेललाई निम्ता दिने र सप्तमीको दिन बिहान बेल टिपेर साँझमा बेल पूजा गर्ने विधान रहेको छ ।त्यस्तै, कात्तिक ७ गते फूलपातीको दिन बिहान ८ बजेर ५६ मिनेटमा तुलजा भवानीको यात्रा र बिहान १० बजेर १४ मिनेटमा स्थिरासन गर्ने समय तोकिएको छ । विजयादशमीको दिन तुलजा भवानीको यात्रा बिहान ८ बजेर ४७ मिनेटको लागि तोकिएको छ भने देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटको लागि तोकेको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न