गृहपृष्ठ ∕ समाचार ∕ छोटो समयमा लोकप्रिय बन्दै “होटल ए वान लभ्ली स्टार प्रालि” छोटो समयमा लोकप्रिय बन्दै “होटल ए वान लभ्ली स्टार प्रालि” प्रिया स्मृती गजमेर कात्तिक ८, २०७७ गते ११:५० मा प्रकाशित दाङ्ग – दाङ्गको लमही नगरपालिका वडा नम्बर ५ निवासी कृष्ण खनाल यति बेला पाहुना स्याहार्नमै व्यस्त छन । थोरै दिनमा अतिथिहरुको मन जित्न सफल भएको छ, होटल व वान लभ्ली स्टार प्रालि । बजारको हरेक चिया पसलमा खनालको होटलको चर्चा चल्ने गर्छ । त्यो चर्चा अरु नभएर उनले लगानी गरेको ठुलो रकमको बारेमा। दाङ्ग जिल्लामै छैनन् खनालको होटल जस्तो ।लगानी ठुलो आकारमा लाग्यो अझ भन्ने हो भने होटलको सजावटले पाहुनाको मन त्यसै तान्ने जस्तो, बस यस्तै यस्तै चर्चा अनि परिचर्चा । खानालले लमहीमा अत्याधिक सेवा सुविधा सम्पन्न होटल संचालन गर्नु पुर्व चिने जानेका आफ्ना साथीभाईसंग छलफल पनि गरेका हुन । तर लामो समय भारतमा होटल लाइनको काम गरेका खनालमा होटललाई कसरी लोकप्रिय बनाउन सकिन्छ, कसरी पाहुनाको मन जित्न सकिन्छ भन्ने कुरा राम्ररी ज्ञान छ ।उसो त प्रदेश नम्बर ५ को नामाकरण लुम्बिनी प्रदेश र स्थायी राजधानी देउखुरी उपत्यका भएपछी देउखुरीमा एक्कासि चहलपहल बढेको छ । जसले गर्दा यस क्षेत्रका होटल व्यवसायीहरुको कारोबारमा टेवा पुग्ने देखिन्छ । यसै विचमा खनालले पनि सेवाग्राहीलाई सेवा दिने भनेर ६ करोड खर्चेर होटल संचालन गरेका छन । होटललाई व्यवस्थित गर्नका लागि उनले बुटवलको नाम चलेको होटलबाट एक जना म्यानेजर समेत ल्याएको उनले बताए । अहिले उनि संग झन्डै एक दर्जन कामदार छन । एकातिर व्यवसाय संचालन गरेका छन् भने दर्जन भन्दा बढीलाई रोजगारी दिएका छन । होटल संगै झन्डै एक हजार अट्न सक्ने क्षमता भएको सभा हल पनि रहेको छ ।चिया, कफी खाने देखि लिएर खाजा नास्ता अनि खाना खाने र बास बस्नका लागि मानिसहरु आउने गरेको होटल म्यानेजर जगन भट्टराईले बताए । हामीले ग्राहकले आउन लागेको जानकारी गराएपछि खाना बनाउछौ, हामीबाट ग्राहकलाई सेवा दिन कुनै बेला कमि हुने छैन म्यानेजर भट्टराईले भने । होटल व वान लभ्ली स्टार प्रालिमा प्रायः प्रख्यात भारतीय खानाका परिकार पाइन्छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न