गृहपृष्ठ ∕ समाचार ∕ नाका क्षेत्र बाट घरेलुु हतियार बरामद नाका क्षेत्र बाट घरेलुु हतियार बरामद प्रिया स्मृती गजमेर कात्तिक ८, २०७७ गते १६:०४ मा प्रकाशित दाङ — सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कोइलाबासका सशस्त्र प्रहरी निरीक्षक माधब ढुङेलको कमान्डमा गएको गस्ती टोलिले घरेलुु हतियार बरामद गरेको छ ।कोइलाबासबाट पटौली नाका तिर गस्तिमा जादै गर्दा गढवा गाउँपालिका वडा नम्बर ८ स्थित दुर्गा सामुदायिक वनको क्षेत्रमा पर्ने भालु खोला भन्ने स्थानमा गस्तिमा गएको सशस्त्र प्रहरीले रातीको दस बजे तिर बेवारिसे अवस्थामा भरुवा बन्दुक एक थान, एक्काईस राउन्ड छरा गोलि, बारुद दुई डिब्बा, केप तीन वटा, खुकुरी र चक्कु एक /एक थान बरामद गरेको हो ।हामी पैदल गस्तिमा थियौ, जङ्गलको बाटो केही आवाज आए जस्तो सुनेर हामीले यता उता हेर्न लाग्यौ त्यही बेला ती हतियार भेटियो उनले भने । उक्त हतियार लिएको मानिस प्रहरीलाई देखेर भागेको हुन सक्ने सशस्त्र प्रहरी निरीक्षक ढुङेलले बताए ।चाडवाडको बेला कुनै आपराधिक घटना घटाउने उदेश्यले पनि ती घरेलुु हतियार प्रयोग हुन सक्थ्यो, तर सिमा क्षेत्रमा हामीले कडा निगरानी गराएका छौ प्रहरी निरीक्षक ढुङेलले बताए ।बरामद भएका ती घरेलुु हतियार ईलाका प्रहरी कार्यालय गढवालाई जिम्मा लगाइएको छ । त्यस क्षेत्रमा घरेलुु हतियार फेला परेको भन्ने सुचना पाएपछी ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्ट कोइलाबास पुगेका छन ।ती हतियारको बारेमा जिल्लामा जानकारी गराईएको छ, सिमा नाका भएका कारण कुनै आपराधिक क्रियाकलाप घटना घट्न सक्छन त्यसैले पनि प्रहरीको निगरानी बढाउन आवस्यक छ प्रहरी निरीक्षक भट्टले भने । अब ती हतियारका बारेमा अनुशन्धान गर्ने उनको भनाई छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा