गृहपृष्ठ ∕ समाचार ∕ इंग्ल्याण्डमा बिहीबारदेखि एक महिना लामो लकडाउन गर्ने प्रस्ताव, घरमै बस्न प्रधानमन्त्रीले गरे आग्रह इंग्ल्याण्डमा बिहीबारदेखि एक महिना लामो लकडाउन गर्ने प्रस्ताव, घरमै बस्न प्रधानमन्त्रीले गरे आग्रह स्कुल, कलेज र विश्वविद्यालय भने खुलै रहने दीप संञ्चार कात्तिक १६, २०७७ गते ७:२७ मा प्रकाशित लन्डन (जीएनएन) — कोभिड -१९ को तीव्र संक्रमण रोक्ने प्रयास स्वरुप ब्रिटिश सरकारले इंग्ल्याण्डमा बिहीबारदेखि झन्डै एक महिना लामो लकडाउन गर्ने प्रस्ताव गरेको छ ।शनिबार बेलुका एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले क्रिसमस अघि खुकुलो गर्ने गरि दोश्रो लकडाउन गरिने घोषणा गरे।तर स्कुल, कलेज र विश्वविद्यालयहरु भने खुलै रहने छन् ।रेस्टुरेन्ट र पबहरु बन्द हुने छन्, तर टेक अवेहरु भने खुलै रहने छन्।सुपर मार्केटहरु पनि खुलै रहने छन्।प्रधानमंत्री जोन्सनले ब्रिटिश संसदमा प्रस्तावित लकडाउनबारे बुधबार बहस गरिने र त्यस पछि मतदान पनि हुने बताए। संसदले लकडाउन गर्ने पक्षमा मतदान गरेमा बिहीबार, ५ नोभेम्वर देखि डिसेम्बर २ तारिख, २०२० सम्म इङ्गल्याण्ड भरि लागु हुने छ।ब्रिटेनका अन्य राज्यहरुमा पनि प्रान्तीय सरकारहरुले कोरोना संक्रमण रोक्न विभिन्न उपायहरु घोषणा गरेका छन्।दैनिक मृत्युदर ४ हजार बढी हुनसक्ने उल्लेख छ ।बेलायतमा कोभिड-१९ का कारण हुने मृत्यु दैनिक एकहजारसम्म पुगेको थियो । बेल्जियम, फ्रान्स र जर्मनीमा लकडाउन घोषणा गरीए पछि युरोपमा सबैभन्दा प्रभावित ब्रिटेनले पनि लकडाउन गर्न लागेको हो ।“आआफ्नो घरमै बस्नोस्, एनएचएसलाई जोगाउनोस् र मानिसहरुको ज्यान बचाउनोस्,” प्रधानमंत्री जोन्सनले भने।ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवालाई ‘एनएचएस’ भनिन्छ।ब्रिटेनमा दस लाख भन्दा बढी मानिसहरुलाई कोरोना संक्रमण भएकोमा ४६,००० भन्दा बढीको ज्यान गइसकेको छ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न