गृहपृष्ठ ∕ ग्लोबल ∕ कुवेतद्वारा १० महिनामा १३ हजार आप्रबासी कामदारहरुलाई देश निकाला,अबैधानिकलाई नछोडिने कुवेतद्वारा १० महिनामा १३ हजार आप्रबासी कामदारहरुलाई देश निकाला,अबैधानिकलाई नछोडिने दीप संञ्चार कात्तिक १९, २०७७ गते १९:१२ मा प्रकाशित हरि कृष्ण न्यौपाने–कुवेत सरकारले अक्टोबर ३१,२०२० सम्म १० महिनाको अबधिमा १३ हजार आप्रवासी कामदारहरुलाई देश निकाला (डिपोर्ट) गरेको जनाएको छ।अझै करिब ९०० आप्रबासी कामदारहरु डिपिर्टेशन प्रकृयमा रहेको जनाइएको छ।उनिहरु सबैलाई भिसा नियम उल्लंघन, अबैधानिक क्रियाकलाप र कानुनले बर्जित गरेका काम गरेको आरोपमा देश निकाला गरिएको हो।कुवेतको अनलाइन पत्रीका अरब टाइम्समा कुवेतका गृह मन्त्रालयका जनरल इसाम अल नवाम (Issam Al Naham)का अनुसार भनेर प्रकाशित समाचारमा भनिएको छ”यो १० महिनामा १३ हजार आप्रबासीहरुलाई डिपोर्ट गरिएको संख्या पछिल्ला दुई बर्षको अनुपातमा कम संख्या हो।सन २०१८ मा ३४ हजार र सन २०१९ मा ४० हजार आप्रबासी कामदारहरुलाई विभिन्न नियम उल्लंघन र कानुनले बर्जित गरेको काम गरेको अभियोगमा देश निकाला गरिएको थियो।यो बर्ष कोरोना प्रकोपको कारण धेरै देशमा एयरपोर्ट बन्द भएकाले पनि देश निकाला गर्नेको संख्यामा कमि आएको समाचारमा जनाइएको छ।त्यसै गरि केही अफ्रिकन देशहरुको एयरपोर्ट अझै बन्द भएका र ती देशका नागरिकले तिर्नु पर्ने जरिवाना तिर्न नसकेका कारण केही अफ़्रिकि मुलुकका आप्रवासी कामदारहरुलाई लामो समय सम्म कस्टडीमै राख्नु परेको जनाइएको छ। त्यति मात्र होइन अबैधानिक काममा संलग्न र कुवेतको भिसा सम्बन्धी नियम उल्लंघन गर्ने जो कोहिलाई पनि तत्काल समाउन निर्देशन दिईएको समाचारमा जनाईएको छ।कुवेत सरकारले केही समय देखि अबैधाबिक गतिबिधी माथि पूर्ण नीग्रानी बढाउदै यस्ता क्रियाकलापमा संलग्न आप्रवासी कामदारहरुलाई सिधै देश निकाला गर्ने गरेको छ।”Clean up the Country” क्याम्पियननै शुरु गरि यस्ता अबैधानिक काममा लाग्नेहरु र भिसा नियम उल्लंघन गर्ने आप्रबासी कामदारहरुलाइ कुवेत सरकारले कडाई गर्ने जनाईएको छ।यसरि देश निकाला(डिपोर्ट) प्रक्रियाबाट गएका कुनै पनि आप्रवासीहरुले पुन: कुवेत आउन पाउने छैनन।तर कोरोना महामारीको समयमा अप्रिल १ देखि दिईएको १ महिने आममाफिको फाइदा उठाउदै आ-आफ्नो मुलुक फर्किएका करिब २८ हजार अबैधानिक आप्रवासी कामदारहरुले भने कुवेत पुन: फर्किन चाहेमा नयाँ भिसा मार्फत आउन पाउनेछन।यद्यपि कुवेतले कोरोना प्रकोपबाट उत्पन्न परिस्थितिको कारण देखाउदै सन २०२० भरी र सम्भबत २०२१को पहिलो अर्धबार्षिक सम्म आप्रवासी कामदारहरुका लागि नयाँ भिसा नखोल्ने यस अघि नै जनाईसकेको छ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न