बुटवलमा ‘राजा आऊ देश बचाऊ’ भन्दै बृहत् मोटरसाइकल र्याली

बुटवल — रुपन्देहीमा राजाको सक्रिय भूमिकाको माग गर्दै आज बृहत् मोटरसाइकल र्यालीको आयोजना गरिएको छ । वीर गोर्खाली नामक संस्थाको आयोजनामा ‘राजा आऊ देश बचाऊ’ भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पर्ने मणिग्राणदेखि बुटवलका विभिन्न स्थानमा मोटरसाईकल र्यालीको आयोजना गरिएको हो । र्याली ट्राफ्रिक चोकमा आएर कोषसभामा परिणत भएको थियो ।
उक्त अवसरमा वीर गोर्खालीका अभियन्ता बिक्रम पाण्डेयले राजसंस्थाको आवश्यकता अहिले झन् झन् बढेको दावी गरे । उनले हिन्दु अधिराज्य कायम गर्नुपर्ने, राष्ट्रिय अखण्डता कायम हुनुपर्ने लगायतका माग राखेका थिए ।
यसअघि असोज २४ गते काठमाडौंमा पनि यस्तै र्यालीको आयोजना गरिएको थियो । संस्थाले यस्तो अभियान देशका अन्य ठाउँहरु पनि गर्ने जनाएको छ ।
क्याटेगोरी : समाचार, प्रदेश ५
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस