गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ छोरा राष्ट्रपति भएको हेर्न चाहन्थे जो बाइडन, यो रोगले खोस्यो सपना छोरा राष्ट्रपति भएको हेर्न चाहन्थे जो बाइडन, यो रोगले खोस्यो सपना एजेन्सी कात्तिक २४, २०७७ गते २०:५७ मा प्रकाशित अमेरिका — अमेरिकी राष्ट्रपति चुनावमा राष्ट्रपति ट्रम्पलाई कडा टक्कर दिइरहेका डेमोक्रेटिक उम्मेद्वार जो बाइडन आफ्नो जीतको विषयमा निकै विश्वस्त छन् । जो बाइडन यसअघि दुईपटक अमेरिकाको राष्ट्रपति पदको चुनाव लडिसकेका छन् । यद्यपि, एक समय यस्तो पनि थियो जब जो बाइडन आफू नभई आफ्ना जेठो छोरा राष्ट्रपति पदको चुनाव लडोस् भन्ने चाहन्थे ।जो बाइडनका दुई छोरा छन् । जोसेफ ब्यू बाइडन र हन्टर बाइडन । जोसेफ उनका जेठो छोरा थिए । सन् २०१५ मा जोसेफको ब्रेन क्यान्सरका कारण मृत्यु भएको थियो । उनी ४६ वर्षका थिए ।आफ्नो पिताको नक्सा कदममा चल्दै जोसेफ ब्यू बाइडनले पनि आफ्नो करियर राजनीतिमा बनाएका थिए । उनी सन् २००७ देखि २०१५ सम्म यूएस स्टेट अफ डेलवायरको ४४ औं एटोर्नी जनरल रहेका थिए ।जो बाइडन सधैं उनका छोराले अमेरिकाको राष्ट्रपतिको पदको कमान सम्हालोस् भन्ने चाहन्थे । बाइडनले आफ्नो मेमोएरमा आफ्नो छोराबारे लेखेका थिए – म सधैं चाहन्थेँ कि मेरो छोरा राष्ट्रपति पदको चुनावको लागि लड्न सक्छ र ऊ पनि आफ्नो भाइले मद्दतले जित्न सक्छ ।जोसेफ ब्यू सन् २००८ र सन् २०१३ मा अमेरिकाका पूर्व राष्ट्रपति ओबामाको क्याम्पेनको महत्वपूर्ण सदस्य थिए । सन् २०१५ मा ब्रेन क्यान्सरका कारण उनको मृत्यु भयो ।यद्यपि, ब्यूको मृत्यु अघि पनि बाइडनको परिवारमा एउटा निकै त्रासदीपूर्ण दुर्घटना भएको थियो । सन् १९७२ मा जो बाइडनकी जेठी श्रीमती निएला हंटर र छोरी नेओमीको कार दुर्घटनामा मृत्यु भएको थियो । ब्यू र हंटर पनि कारमा थिए र उनीहरुलाई गम्भीर चोट लागेको थियो तर उक्त दुर्घटनामा दुबैको ज्यान बचेको थियो । त्यसको केही वर्षपछि जो बाइडनले दोस्रो विवाह गरे । दोस्रो सम्बन्धबाट उनकी एक छोरी एश्ले बाइडनको जन्म भयो ।यता बाइडनका कान्छो छोरा हंटर बाइडन थुप्रै विवादमा घेरिसकेका छन् । उनीमाथि आफ्नो पिताको पदको फाइदा उठाएको आरोप पनि लाग्ने गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष एक पत्रकार सम्मेलनमा चीनले हंटरलाई एक ट्रेड डीलका लागि अत्यधिक पैसा दिएको आरोप लगाएका थिए ।क्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा