गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ कोरोनाविरुद्धको अमेरिकी–जर्मन खोप ९० प्रतिशत प्रभावकारी कोरोनाविरुद्धको अमेरिकी–जर्मन खोप ९० प्रतिशत प्रभावकारी एजेन्सी कात्तिक २४, २०७७ गते २१:०२ मा प्रकाशित अमेरिका — प्रारम्भिक अनुसन्धानले कोरोना भाइरसविरुद्धको नयाँ भ्याक्सिन ९० प्रतिशतभन्दा धेरै प्रभावकारीहुने देखाएको छ । अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकले मिलेर यो भ्याक्सिन तयार गरेका हुन् ।परीक्षणमा भ्याक्सनको प्रभावकारीता उत्कृष्ट देखिएको दिनलाई फाइजर कम्पनीका मालिक अल्बर्ट बोउर्लाले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन् ।यो भ्याक्सिन ६ देशका ४३ हजार ५ सय मानिसमा परीक्षण भइसकेको छ र सुरक्षाका विषयमा कुनै सवाल उठेको छैन । यी कम्पनीहरुले यसै महिनाको अन्त्यसम्म भ्याक्सिन प्रयोग गर्न पाउनेगरी आपतकालिन स्वीकृति लिन आवेदन दिने योजना बनाएका छन् ।फिजर कोभिड भ्याक्सिनको समाचारपछि स्कट मार्केट आकाशिएको छ ।मानिसहरुले झेलिरहेको लकडाउन र अन्य विभिन्न खाले कडाइबाट बाहिर निस्कनका लागि भ्याक्सिन र अन्य उत्कृष्ट उपचारहरुलाई उपयुक्त बाटोका रुपमा हेरिएको छ ।अहिले झन्डै एक दर्जन भ्याक्सिनहरु अन्तिम चरणको परीक्षणमा छन् । तर, प्रभावकारी नतिजा देखाउने यो पहिलो भ्याक्सिन हो । यसले पूर्णत प्रयोगात्मक तरिका अबलम्बन गर्छ, जसअनुसार प्रतिरोधी प्रणालीलाई अभ्यस्त गराउन भाइरसको जेनेटिक कोडको हिस्सामा इन्जेक्ट गरिन्छ । विगतका परीक्षणहरुले देखाएअनुसार एन्डिबडी र कोरोनाविरुद्ध लड्ने प्रतिरोधी प्रणालीको अर्को हिस्सा ‘टी सेल्स’ दुुबै निर्माण गर्न भ्याक्सिनले शरीरलाई अभ्यस्त गराउँछ । तीन साताको फरकमा दुुई डोजन लगाउनुपर्छ ।अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणले दोस्रो डोज लगाएको ७ दिनपछि ९० प्रतिशत सुरक्षा मिलेको देखाएको हो । फिजरले वर्षको अन्त्यसम्म ५ करोड डोज भ्याक्सिन आपुर्ति गर्नका लागि आफुु सक्षम हुने विश्वास गरेको छ । त्यस्तै, वर्ष २०२१ को अन्त्यसम्म १ अर्ब ३० करोड भ्याक्सिन तयार गर्न सकिने कम्पनीले जनाएको छ ।क्याटेगोरी : ग्लोबल, अमेरिका, समाचारट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा