गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बुहारीलाई बोक्सी भन्दै कुटपिट गर्ने जेठाजू पक्राउ बुहारीलाई बोक्सी भन्दै कुटपिट गर्ने जेठाजू पक्राउ प्रिया स्मृती गजमेर मंसीर १९, २०७७ गते १४:५९ मा प्रकाशित दाङ्ग-बुहारीलाई बोक्सीको आरोप लगाउने जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर निवासी तिलकराम चौधरी रहेका छन । चौधरीले आफ्नै भाईको श्रीमतीलाई बोक्सी भन्दै पटक पटक कुटपिट समेत गरेको आरोप लागेको छ ।जेठाजुले अत्याधिक मानसिक तनाब दिन थालेपछी पिडित महिला गढवा गाउँपालिकाको न्यायिक समितिको सम्पर्कमा आएकी थिईन । बोक्सी केस प्रहरीले हेर्ने कानुनी प्रावधान भएकोले पीडितलाई न्यायिक समितिले इलाका प्रहरी कार्यालय गढवामा पठाएको प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिए । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान गाउँ—गाउँमा चलिरहेको बेला जेठाजुले आफ्नै बुहारीलाई बोक्सी भनेको र मानसिक यातना दिएको भन्दै निवेदन परेपछी पिडक तिलकराम चौधरीलाई मंगलबार इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको हो ।गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर बस्ने पिडितका सहोदर जेठाजु तिलकराम चौधरीले आफ्नै भाई बुहारीलाई बोक्सीको आरोप लगाएको भन्दै पिडितले प्रहरी कार्यालयमा उजुरी दिएपछि जेठाजु तिलकरामलाई प्रहरीले पक्राउ गरेको हो । पिडित महिलाले गाउँपालिकामा उजुरी गर्न आएको र अभियानमा हिडेको टोली र न्यायिक समितिले हामीले मिलाउन नबन्ने केश भनेपछि पिडित प्रहरी कार्यालयमा उजुरी दिएको दिएकी थिइन् । जेठाजुको छोरा मादक पदार्थ सेवन गरेर लडि घाइते हुँदा समेत आफुलाई त नै बोक्सी लागेर मेरो छोरा लड्यो भनेर आरोप लगाएको पिडित महिलाले बताइन् । पक्राउ परेका पिडकलाई दाङ देउखुरी जिल्ला अदालत बाट म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाईएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिएका छन् । बोक्सीको आरोप लगाउने व्यक्तिलाई मूलूकी अपराध संहिता तथा फौजदारी कसुर सजाय–२०७४ मा ५ बर्ष सम्म कैद र ५० हजार सम्म जरिवाना हुने कानुनी ब्यवस्था रहेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा