गृहपृष्ठ ∕ समाचार ∕ स्थायी कमिटिको वैठकमा आउन नसक्ने नेकपा अध्यक्ष ओलीको भनाई स्थायी कमिटिको वैठकमा आउन नसक्ने नेकपा अध्यक्ष ओलीको भनाई दीप संञ्चार मंसीर २१, २०७७ गते १६:४७ मा प्रकाशित काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको वैठकमा आउन नसक्ने जानकारी गराएका छन् ।पार्टी कार्यालय, धुम्बाराहीमा आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले अध्यक्ष ओलीको पत्र बाचन गरेर सुनाएका थिए । पत्रमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमथि बैठकमा छलफल गर्न नसकिने बताएका छन् ।प्रचण्डले २८ कात्तिकमा पार्टी सचिवालयमा १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए, जसलाई ओलीले लान्छनापत्र भनेका छन् र, यसबारे पार्टीको कुनै पनि कमिटीमा छलफल गर्न नसकिने अडान लिएका छन् । तर १३ मंसिरको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावको जवाफका रुपमा ३७ पृष्ठको प्रस्ताव पेस गरेका थिए ।ओलीको अडान विपरीत नेकपा सचिवालयको शनिबार बसेको बैठकले दुवै अध्यक्षको प्रस्तावमाथि स्थायी कमिटीमा छलफल गर्ने निर्णय गर्यो । सचिवालय बैठकमा ओलीले आफ्नो असहमति जनाएका थिए तर निर्णयमा नोट अफ डिसेन्ट भने लेखेका थिएनन् ।प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार स्थायी कमिटी बैठकको एउटै एजेण्डा ‘पार्टीको आन्तरिक समस्या’ तय भएको छ । र, थप गृहकार्य गरेर ७ दिनपछि बैठक बस्ने तय भएको छ । २५ मंसिरमा बोलाइएको केन्द्रीय कमिटी बैठक भने पुस १ गतेलाई सरेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न