पब्लिक अपडेट गृहपृष्ठ पब्लिक अपडेटVenturini Launch Gif ‘प्रतिशोध’ साँध्न शिक्षक विभत्स हत्या, विप्लवका इञ्चार्जको आरोप– श्रेष्ठ सुराकी हुन्

विराटनगर – मोरङको मिक्लाजुङ–१ बर्खेबाट अपहरण गरी लगिएका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ।
नेकपाका मेची कोशी इञ्चार्ज प्रतापले हस्ताक्षर गरेको विज्ञप्तिमा श्रेष्ठमाथि केही संगीन आरोप लगाइएको छ। विज्ञप्तिमा विप्लव नेतृत्वको नेकपाका नेता–कार्यकर्तालाई पक्राउ गराउन प्रहरी लगाउने र दुःख दिने कार्य श्रेष्ठ संलग्न रहेको जिकिर गरिएको छ।
श्रेष्ठलाई सुराकीको आरोप लगाइएको विज्ञप्तिमा भनिएको छ, ‘निज राजेन्द्र श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची कोशी ब्यूरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएका थिए, उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका थिए।’
२०७७ साल कात्तिक १२ गते ब्यूरो इञ्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराइ ब्यूरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीका महत्त्वपूर्ण सामग्रीसहित १ लाख रुपैयाँ लुट्न सघाउ पुर्याएको आरोप लगाइएको छ।
श्रेष्ठलाई घरबाटै बाँधेर अपहरण शैली १ किलोमिटर टाढा लगेपछि घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर, विप्लव समूहले श्रेष्ठ प्रतिकारमा मारिएको दावी गरेको छ। श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आएको जिकिर विज्ञप्तिमा गरिएको छ।
विप्लव समूहका ६ जना कार्यकर्ता आएर श्रेष्ठको अपहरण गरेका थिए। अपहरणको केही समयपछि नै उनको हत्या भएको खुलेको छ। अपहरित श्रेष्ठको उद्दारका लागि स्थानीयबासी पुग्दा उनको हत्या गरेर फालिएको अवस्था शव फेला परेको थियो।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस