गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सिप सिकाएर आत्मनिर्भर बनाउने हाम्रो चाहाना —उपाध्यक्ष यादव सिप सिकाएर आत्मनिर्भर बनाउने हाम्रो चाहाना —उपाध्यक्ष यादव प्रिया स्मृती गजमेर पुस १, २०७७ गते १८:०९ मा प्रकाशित दाङ्ग —राजपुर गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नम्बर ४ मा बिस दिने डल कुसन बनाउने तालिमको बुधवार समापन भएको छ ।तालिमको समापन गर्दै राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादवले पिछडा वर्गको आर्थिक स्थिति बलियो बनाउन यो तालिमको आयोजना गरेको बताईन । “हरेक कुरामा पछि परेको समुदायका लागि केहि न केहि सिप सिकेर घर खर्च चलाउन मद्दत गरोस, कमसेकम अरुको आश गर्न नपरोस भन्ने गाउँपालिकाको चाहाना हो ” उपाध्यक्ष यादवले भनिन ।यहि आर्थिक वर्षमा गाउँपालिकाको महिला बालबालिका शाखाले केहि रकम छुट्याएको थियो सोहि रकमबाट यो तालिम गराएका हौँ उनले भनिन । यत्ति तालिमले मात्र नहुने भन्दै आगामी बजेटबाट पनि यस्तै तालिमको आयोजना गरेर पिछडा बर्गका समुदायलाई आत्मनिर्भर बनाउने योजना रहेको छ उपाध्यक्ष यादवले भनिन ।तालिममा त्यस समुदायका करिब पन्ध्र जनाको सहभागिता रहेको थियो । राजपुर गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य प्रेम कुमारी हरिजनको अध्यक्षता तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादवको प्रमुख आतिथ्यमा तालिमको समापन भएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद खनालको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखाकी परिचालिका कमला पुलामीले गरेकी थिइन् भने तालिमको प्रशिक्षकमा संजु चौधरी रहेकी थिइन ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा