गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको राप्ती गाउँपालिका र गढवा जोड्ने नेपालकै तेस्रो लामो झोलुङ्गे पुल दाङ्गको राप्ती गाउँपालिका र गढवा जोड्ने नेपालकै तेस्रो लामो झोलुङ्गे पुल प्रिया स्मृती गजमेर पुस १, २०७७ गते १८:१९ मा प्रकाशित दाङ — नेपालको तेस्रो लामो झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएको छ ।दाङ देउखुरी राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने उक्त पुलको काम सुरु भएदेखि गाउँका स्थानीयलाई आवतजावतमा सहज हुने भएको छ । पुल निर्माणको काम सम्पन्न भएपछि राप्ती गाउँपालिका अन्तरगत कुररिया, मसुरिया, कटाहा, बसन्तपुर र गढवा गाउँपालिका अन्र्तगत पत्रिङ्गा, बडहडा , बनघुस्री, जेठानगाउँका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन ।त्यस क्षेत्रमा पुल नहुँदा स्थानियलाई लमही गढवा हुदै गाउँमा जानुपर्ने बाध्यता रहेको थियो भने पुल निर्माण पश्चात् उक्त समस्या अन्त्य हुनेछ । नेपालको पहिलो झोलुङ्गे पुल महेन्द्रनगर देखि पश्चिम चाँदनी दोधारामा रहेको छ भने दोस्रो इलाममा र तेस्रो दाङमा हुनेछ । यस पुलको लम्बाई आठ सय अठार मिटर लामो हुनेछ ।तिन वर्ष भित्र निर्माण सम्पन्न सक्ने गरि थानि निर्माण सेवा गौशाला काठमाडौले जिम्मा लिएको छ । तराई मधेस कार्यक्रम अन्र्तगत दस करोड २७ लाखमा डेण्डर भई आठ करोड २७ लाखमा निर्माण कम्पनीले सम्झौता गरेको छ । दाङ्ग निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद मेटमणी चौधरीले उक्त पुलको स्थलगत अवलोकन तथा निरिक्षण गरेका छन् । निर्वाचनका बेला आफुले जनतालाई दिएको आश्वासन बिस्तारै पुरा गर्दै जाने सांसद चौधरीले बताएका छन ।नेपालको तेस्रो झोलुङ्गे पुलको निरिक्षण गर्दै सांसद चौधरीले योजनाको काम समयमा सम्पन्न गर्न निर्देशन दिएका छन । काम गर्ने क्रममा आइपर्ने समस्या बारे स्थानीयसंग समन्वय गरेर कामलाई तिब्रता दिन आग्रह गरे । यस्तै प्रगन्ना सिंचाई प्रणालीको कार्यालय भवनको स्थलगत निरिक्षण तथा अनुगमन पनि गरेका छन् ।निर्वाचन क्षेत्र विकास कोषको पचाँस लाख बजेटबाट निर्माण भइरहेको डेर कठ्ठा जग्गामा आठ कोठे पक्कि भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न