आम्दा नेपालको प्रशंसनीय कार्य “बिकट बस्तिमा स्वास्थ्य भवन”

दाङ्ग—गढवा गाउँपालिकाको ८ नम्बर वडा दाङ्गकै बिकट वडाका रुपमा चिनिन्छ । त्यहाँका नागरिक राज्यले दिने सबै खाले सेवा सुविधा सहजै रुपले लिन सकिरहेका छैनन ।
नेपाली नागरिक भए पनि छिमेकी देश भारतको भर पर्नु पर्ने बाध्यता छ । स्वास्थ्यको क्षेत्रमा पनि त्यस भेगका नागरिकले अर्थपूर्ण तरिकाले सेवा लिन नपाई रहेको अवस्थामा जापानिज सस्थां आम्दा नेपालले स्वास्थ्य सेवा प्रदान गर्नका लागि निर्माण गरेको स्वास्थ्य भवनहरु एक कार्यक्रमका बीच स्थानिय तहलाई हस्तान्तरण गरेको छ ।
गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङ्गका समन्यव अधिकारी सावित्रा पुन थापाको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।
आम्दा नेपालले खासगरी स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ त्यो भित्र पनि बच्चा र आमाहरुको लागि बिशेष रुपले काम गर्दै आएको छ । मातृशिशु स्वास्थ्य परियोजना अन्तर्गत गढवाको कालाकाटेमा सामुदायिक स्वास्थ्य इकाई, वडा नम्बर २ को चिम्चिमेमा सामुदायिक स्वास्थ्य इकाई, वडा नम्बर ८ को मुसिनाका र खबरी नाकामा गाउँघर क्लिनिकको निर्माण गरेर स्थानिय तहलाई हस्तान्तरण गरिएको हो ।
आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना अन्तर्गत आम्दा माइन्ड्स र परराष्ट्र मन्त्रालय जापानको आर्थिक तथा प्राविधिक सहयोगमा कुल एक करोड ४० लाख तिस हजार रुपैयाँमा गाउँपालिकाको चार स्थानमा स्वास्थ्य इकाई भवनको निर्माण गरिएको आम्दा परियोजनाका इञ्जिनिएर नबिन अधिकारीले जानकारी दिए ।
सामुदायिक स्वास्थ्य इकाईबाट ओपिडी सेवा, गर्भवती जाँच, सुत्केरी जाँच, परिवार नियोजन, स्वास्थ्य परामर्श र किशोर किशोरी मैत्री स्वास्थ्य परामर्श लगायतको सेवा प्रबाह हुने छ ।
आम्दा माइन्ड्स र परराष्ट्र मन्त्रालय जापानको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो । नाकाक्षेत्रमा गाउँघर क्लिनिक भवन स्थापना भएसंगै स्थानिय नाकाबासीहरुले खुसि व्यक्त गरेका छन् ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले अव नाकाबासीहरुको सपना विस्तारै साकार बन्दै गएको बताउदै नाकाबासीहरुले अव सामान्यतया सिटामोलको औषधीले भारत जानुपर्ने बाध्यता अन्त्य भएको उनको भनाई छ ।
आम्दा नेपालको नेपाल हेर्ने काईको ओकुदाले भवन निर्माणमा सहयोग पुर्याउने जनप्रतिनिधि, निर्माण उपभोक्ता समिति, आम्दा नेपालका कर्मचारी सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन ।
क्याटेगोरी : समाचार, स्वास्थ्य, प्रदेश ५
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
- दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
तपाईको प्रतिक्रिया दिनुहोस