गृहपृष्ठ ∕ समाचार ∕ गढवामा २९ लाखको लागतमा सामुदायीक स्रोत केन्द्र भवन निर्माण गढवामा २९ लाखको लागतमा सामुदायीक स्रोत केन्द्र भवन निर्माण प्रिया स्मृती गजमेर चैत्र १०, २०७७ गते १७:५० मा प्रकाशित दाङ्ग – दक्षिण देउखुरी अधिकार मञ्च गढवाले सामुदायीक स्रोत केन्द्र भवन निर्माण गरेको छ ।समाजसेवी लेखबहादुर थापा र द्रोणप्रसाद आचार्यले निःशुल्क उपलब्ध गराएको एक कट्ठा जग्गामा झण्डै २९ लाखको लागतमा सामुदायीक स्रोत केन्द्र भवन निर्माण भएको हो । विकास कोष नर्वेबाट सहकर्मी समाज मार्फत १० लाख १० हजार, गढवा गाउँपालिकाको १० लाख, संस्थाको ८ लाख ७ हजार रुपैयाँ गरी जम्मा २ लाख ९७ हजार रुपैयाँको लागतमा स्रोत केन्द्रको भवन निर्माण भएको छ ।सोमवार गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भवन संगै दक्षिण देउखुरी अधिकार मञ्चको छैठौं बाषिएक साधारण सभाको उद्घाटन गरेका हुन् । संस्थाका अध्यक्ष देवराज कुवरको अध्यक्षतामा भएको कार्यक्रममा जग्गा दाता लेखबहादुर थापा, द्रोणप्रसाद आचार्य, सहकर्मी समाजका कार्यकारी प्रमुख अमर बहादुर ऐर, जिल्ला कार्यक्रम संयोजक पुनाराम पन्थि, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, विकास कोष नर्वे लगायतलाई सम्मान गरिएको छ ।कार्यक्रममा संस्थाका सचिव शोभा रावतले प्रगती र लेखा तथा प्रशासन सहायक पुजा चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, सहकर्मी समाजका कार्यकारी प्रमुख अमर बहादुर ऐर, गढवा बहुमुखी क्याम्पसका देवराज पाठक, गढवा गाउँपालिका वडा नं. ५ का वडा सदस्य गोविन्द वली, पत्रकार दशरथ घिमिरे, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका सहदेव यादव, चेतनशिल महिला विकास केन्द्रका अध्यक्ष शकुन्तला डिसी, दिनमणी आचार्य, अञ्जिता चौधरी लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए । रामप्रताप यादवको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिवकुमार चौधरीले गरेका थिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा