राष्ट्रिय जनगणनाका सन्दर्भमा सचेतनामूलक अन्तरक्रिर्या कार्यक्रम सम्पन्न

यूएई – भुजेल विद्यार्थी मञ्चद्वारा आसन्न राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरी हिजो ९ चैत्रका दिन भर्चुअल माध्यम मार्फत सचेतनामूलक कार्यक्रम आदिवासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठानका अध्यक्ष गोकुल घर्तीको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।
कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि घर्तीले विगतका जनगणनाहरुमा भाषा, धर्म तथा जातीभित्रका अन्योलताले जनगणनामा त्रुटि भएको बताउदै जातीगत,भाषा, धर्म लगायतका बारेमा वास्तवीक तथ्यांक आउन नसकेको बताउनु भएको थियो । मञ्चले गरेको सचेतनामूलक कार्यक्रमले भुजेल बन्दुहरुमा सकरात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै मञ्चलाई प्रतिष्ठानले यस अभियानमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
कार्यक्रमका विशेष अतिथी त्रिभुवन विश्व विद्यालयका जनसंख्या विभागका प्रा.डा. योगेन्द्र ब गुरुङले आगामी जनगणनामा देशभरीका ७ प्रदेश, ८० जिल्ला कार्यालय, ७ सय ५३ र ३ सय ४९ गाउँ/नगरपालिका तथा ६ हजार बढि वडा स्तरीय कार्यालयबाट जनगणना हुने जनाए । डा. गुरुङका अनुसार विगतका गणना भन्दा अब हुने गणनामा भिन्न तरीका वा प्रविधिद्धारा गणना हुने भएकाले जनगणनामा सबै भुजेल तथा सिमान्तकृत जातीलाई समेटन उनले आग्रह गर्दै यस गणनामा आर्थीक, सामाजिक, भौतीक, लैगीक, शैक्षिक, व्यवसायीक, प्रजन्न, सहरीकरण, प्रविधिमा पहुच, प्राकृतीक तथा अप्राकृतीक जोखीम लगायत प्राय सबै विषयहरुको समावेश हुने समेत उल्लेख गरे ।
कार्यक्रमका अर्का अतिथि भुजेल समाज सेवा समितिका उपाअध्यक्ष वुद्ध धर्तीले जनगणनाका क्रममा कतिपय क्षेत्रमा मनगडन्ते हचुवाका भरमा गणना हुँदा भुजेल लगायत थुपै आदिवासी जनजातीहरुको वास्तवीक तथ्याकं आउन नसकेको उल्लेख गर्दै आगामी दिनमा यस्ता गल्तीहरुलाई सच्याई गाउँगाउँ, छरछिमेक तथा टोलटोलमा आ आफनो ठाउँबाट प्रचारात्मक रुपमा जनचेतना फैलाउन सबैलाई आग्रह गर्नु भयो ।
कार्यक्रमका अन्य अतिथीहरु निवर्तमान अध्यक्ष सूर्य भुजेल तथा विष्णु धर्तीले विगतका गणनामा छुटेका भुजेलहरुको तथ्यांक आगामी जनगणनामा समावेश हुनुपर्नेमा जोड दिदै कतिपय क्षेत्रमा अझैपनि भुजेल जातीहरुले राना, थापा, क्षेत्री लगायत जातीहरु लेख्ने प्रचलन रहेको तर्फ औल्याउँदै यसका विरुद्धमा पनी विध्यार्थी मञ्च, भुजेल समाज सेवा समिति, विभिन्न भातृ संस्थाहरुले यस्ता सचेतना मुलक कार्यक्रम आयोजना गर्नु आवस्यक रहेको तर्फ जोड दिनु भएको थियो ।
भुजेल विद्यार्थी मञ्च केन्द्रकी अध्यक्ष ज्ञानु भुजेलको अध्यक्षतामा सम्पन्न उक्त जुम भर्चुअल कार्यक्रम महासची लक्ष्मी भुजेल ले संचालन गर्नु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
- दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
तपाईको प्रतिक्रिया दिनुहोस