गृहपृष्ठ ∕ ग्लोबल ∕ अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार हुन्छः प्रधानमन्त्री अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार हुन्छः प्रधानमन्त्री दीप संञ्चार भदौ १, २०७८ गते ४:४३ मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेको नेपालीको उद्धार गर्न आवश्यक निर्देशन दिइसकेको बताउनुभएको छ ।देउवाले सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएकाले अत्यावश्यक उद्धार प्रबन्ध मिलाउन आइतबारै निर्देशन दिएको बताउनुभएको हो । ‘सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सजगता र गम्भीरतापूर्वक अभिभावकको जिम्मेवारी निर्वाह गर्छ’, देउवाले भन्नुभएको छ ।आज सामाजिक सञ्जालमा लेख्दै देउवाले अफगानिस्तानमा नेपालीको अवस्था र स्थितिको तथ्य लिने काम भइरहेको बताउनुभयो ।‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु’, प्रधानमन्त्री देउवाले लेख्नुभएको छ ।यसैबीच, सरकारले हिजै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र पनि गठन गरेको छ ।सो संयन्त्रमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यक मन्त्रालयका प्रतिनिधि रहेका छन् ।अफगानिस्तानमा औपचारिक क्षेत्रमा करीब १५ सय नेपाली कार्यरत रहेपनि अनौपचारिक क्षेत्रमा कति नेपाली छन् भन्ने तथ्यांक सरकारसँग छैन ।क्याटेगोरी : ग्लोबल, राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज…नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन